Logo बिहिवार, आश्विन १ गते २०८३
images

हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता जरुरी : उपप्रमुख अधिकारी

हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता जरुरी : उपप्रमुख अधिकारी

  • 927
    SHARES

  • हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता जरुरी : उपप्रमुख अधिकारी

     सिद्धार्थनगर,बैशाख ३१ । 

    सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले राज्यका हरेक निकायमा महिला सहभागिता बढाउन जरुरी रहेकामा जोड दिनुभएको छ ।

    सिद्धार्थनगर नगरपालिकाको सहकार्यमा सञ्चारिका समूह रुपन्देहीले भैरहवामा आयोजना गरेको खोजमूलक समाचार लेखन तालिम समापनमा बोल्दै उहाँले मिडियामा मात्र नभइ सबै क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिताका लागिे आवाज उठाउनुपर्ने बताउनुभयो ।“महिला सहभागिता मात्रै भएर हुँदैन, अर्थपूर्ण हुनुपर्छ”, उहाँले भन्नुभयो ।

    महिला नेतृत्वलाई स्थापित गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ ।  “समाजमा अझै महिलाको नेतृत्व स्विकार गरिँदैन, यो सोंच हटाउन पत्रकारले कलम चलाउनुपर्छ”, उहाँले भन्नुभयो ।

    उहाँले स्थानीय सरकारका राम्रा कामको प्रचारका लागि मिडियाले सहयोग गरेको भन्दै समाजको सोंच परिवर्तनका लागि कलम चलाउन समेत आग्रह गर्नुभयो । तालिम उद्घाटनमा सिद्धार्थनगर नगरपालिकाका समाजिक शाखा प्रमुख यादवप्रसाद सापकोटाले तीनै तहका सरकारले भौतिक पूर्वाधारमा जोड दिँदा सामाजिक विकासका क्षेत्रमा कम बजेट विनियोजन हुने गरेको बताउनुभयो ।

    पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार माधब ढुंगानाले भैरहवा क्षेत्रमा पत्रकार महिलाको सक्रियता बढाउन आवश्यक रहेकामा जोड दिनुभयो ।

    कान्तिपुर ब्युरो लुम्बिनीका प्रमुख दिपेन्द्र बडुवालले समाचार लेखनका लागि स्थानीय तहमा शिक्षा, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा धेरै विषय रहेकाले मिडिया मार्फत उजागर गर्न आग्रह गर्नुभयो ।
    सञ्चारिका समूह रुपन्देहीका सल्लाहकार इन्दिरा अर्यालले पत्रकार महिलाले पत्रकारिताको साख जोगाएको भन्दै अवसर दिन नहिच्किचाउन आग्रह गर्नुभयो ।

    समूहका सल्लाहकार तथा प्रशिक्षक अमृता अनमोलले समाचार लेखेरै समाजमा स्थापित हुन सक्रियता अझै बढाउन आवश्यक रहेकामा जोड दिनुभयो । प्रेस क्लब लुम्बिनीका अध्यक्ष सम्झना शर्माले मिडियामा महिला सहभागिता बढाउन स्थानीय तहको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो ।

    सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतमले पत्रकार महिलालाई पेशा टिकाउन क्षमता विकास गर्नु आवश्यक हुने भएकाले स्थानीय तहसँग सहकार्य गरी कार्यक्रम गर्दै आएको जानकारी गराउनुभयो ।

    कार्यक्रममा होटल संघका महासचिव राजेश महतरा र ग्लोबल आवाज अनलाईनका सञ्चालक गौतम भुसालले पत्रकार महिलाको सहभागिता बढाउन सञ्चारिकाको योगदान अमूल्य रहेको बताउनुभयो ।

    विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मी महिलाका लागि आयोजना गरिएको तालिममा ३५ जना पत्रकार महिलाको सहभागिता रहेको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology