Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रेस यूनियन रुपन्देहीमा नयाँ नेतृत्व,अध्यक्षमा नेपाल र सचिवमा ज्ञवाली निर्वाचित

प्रेस यूनियन रुपन्देहीमा नयाँ नेतृत्व,अध्यक्षमा नेपाल र सचिवमा ज्ञवाली निर्वाचित

  • 1.9K
    SHARES

  • प्रेस यूनियन रुपन्देहीमा नयाँ नेतृत्व,अध्यक्षमा नेपाल र सचिवमा ज्ञवाली निर्वाचित

    बुटवल,बैशाख ३० ।

    नेपाल प्रेस यूनियन रुपन्देहीको अध्यक्षमा कविन्द्र नेपाल निर्वाचित भएका छन् । बुटवलमा शुक्रबार अबेर सम्पन्न २१ औं साधारणसभा तथा ९ औं अधिवेशनले नेपालको नेतृत्वमा सर्वसहमत २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

    अधिवेशनले उपाध्यक्षमा दीपक घिमिरे, समावेशी उपाध्यक्षमा कल्पना तिवारी, सचिवमा कपिल ज्ञवाली र कोषाध्यक्षमा गोविन्द बस्नेतलाई  निर्वाचित गरेको छ । यसैगरी सीता बराल, तिलक सुवेदी र कृष्ण भण्डारी सहसचिव, र सह कोषाध्यक्षमा भुवन जिसी सर्वसहमत चयन भएका छन् ।

    कार्यसमिति सदस्यहरुमा ललित पाण्डे, माधव पौडेल,सृष्टि अधिकारी भुसाल, हृदयराम गुप्ता, राहुल सापकोटा, कमला अर्याल, सुवास पौडेल, दिनेश पाण्डे, ललिता घिमिरे, तिर्सना पन्थी, सिर्जना भट्टराई, मिठू खान, जयस महमद खान र ज्ञान कुमारी विक निर्विरोध निर्वाचित भएका छन् । team press union.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology