Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भ्रष्टाचार गर्ने जो कोही भएपनि कारबाही हुुनुपर्छ : सभापति अमरसिंह पुन

भ्रष्टाचार गर्ने जो कोही भएपनि कारबाही हुुनुपर्छ : सभापति अमरसिंह पुन

  • 2.0K
    SHARES

  • भ्रष्टाचार गर्ने जो कोही भएपनि कारबाही हुुनुपर्छ : सभापति अमरसिंह पुन

    बुटवल,बैशाख ३० ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भ्रष्टाचारका घटनाको स्वतन्त्र र निश्पक्ष रुपमा छानबीन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियन रूपन्देहीको २१ ओैं साधारणसभा तथा ९ ओैं अधिवेशनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै सभापति पुनले उक्त कुरा बताएका हुन् ।

    भ्रष्टाचार गर्ने जो कोही पनि छुट्न नहुने र निर्दोष फस्न नहुने भन्दै उनले पत्रकारले पनि सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताए । प्रेस युनियनका केन्द्रीय सभापति शिव लम्सालले तिनवटै तहका सरकारले बनाएका कानुनलाई युनियनले नजिकबाट नियालीरहेको भन्दै ती कानूनहरु प्रेस स्वतन्त्रता बिरोधी भए सडक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।press union  (1).JPG

    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मिडिया हाउसलाई बचाउदै खोजी पत्रकारितातर्फ केन्द्रीत हुन पत्रकारहरुलाई आग्रह गरे ।

    कार्यक्रममा युनियनका केन्द्रीय केन्द्रीय उपाध्यक्षहरु माधव अर्याल, जीवन भण्डारी,अनिल कर्ण, महासचिव दिलिप पौडेललेले सामाजिक सञ्जाल चुनैतीपूर्ण बनेको भन्दै ब्यवसायिकता र खोजमुलक पत्रकारिता अहिलेको आवश्यकता भएको बताए ।

    पत्रकार समाज प्रति उत्तरदायी हुनुपर्ने भन्दै उनिहरुले नियुक्तिको नाउमा पत्रकारले आलोचनात्मक चेतलाई मर्न दिन नहुने धारणा राखे ।press union  (2).JPG

    नेपाल प्रेस युनियन रूपन्देही सभापति रेखा भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सचिब परमानन्द भट्टराई,नेपाली कांग्रेस रूपन्देही २ का कार्यबाहक सभापति फर्शुराम ढकाल,रूपन्देही ३ का क्षेत्रीय सभापति शुसिल गुरूङ,महासमिति सदस्य बालकुमारी भण्डारी,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे,महासंघका प्रदेश महासचिब बिक्रम खड्का, नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेशका महासचिव नवीन गिरी,महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल,प्रेस युनियन रुपन्देहीका संस्थापक सभापति बालनरसिंह गुरुङ, पुरस्कार छनौट समितिका संयोजक छविलाल पाण्डेलगायतले आ-आफ्नो भनाई राखेका थिए ।

    नेपाल,पोखरेल र पाण्डे पुरस्कृत :

    सो अवसरमा युनियनका पुर्व अध्यक्षहरु माधव नेपाल,भवानी प्रसाद पाण्डे र रामराज पोखरेललाई पुरस्कृत गरिएको थियो । जिपी कोइराला स्मृती पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार महासंघ रुपन्देहीमा अध्यक्ष तथा प्रेस यूनियन रुपन्देहीका पूर्व सभापती रामराज पोखरेललाई सम्मान गरिएको छ ।ramraj.jpg

    यसैगरी वर्ष २०७९ लागि सोही शिर्षकको पुरस्कार पत्रकार भवानी प्रसाद पाण्डेले प्राप्त गरेका छन् । bhawani.jpgउक्त पुरस्कार २५ हजार राशीको रहेको छ । यसैगरी टोप शुशीला शिक्षा पत्रकारिता पुरस्कारबाट नगद २० हजार राशीसहित पत्रकार माधव नेपाल सम्मानित भएका छन् ।madhav.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology