Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिँचाइ कार्यालय बुटवलका तत्कालीन प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिँचाइ कार्यालय बुटवलका तत्कालीन प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • 1.7K
    SHARES

  • सिँचाइ कार्यालय बुटवलका तत्कालीन प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ,वैसाख २९ ।

    भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटवलका तत्कालीन प्रमुख इच्छाकुमार श्रेष्ठसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

    भूमिगत जलस्रोत र सिँचाइ निर्माण सम्बन्धी कामै नगरी झुटा बिल बनाएर भोलेबाबा कन्स्ट्रक्सनलाई रकम भुक्तानी दिएको भन्दै उनीहरुविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    श्रेष्ठसँगै इन्जिनियर सन्तोषकुमार दास, लेखापाल नेत्रप्रसाद मरासिन, भोलेबाबा कन्स्ट्रक्सनका सञ्चालक सुकबहादुर गुरुङ र कम्पनीका अख्तियारवाला प्रकाश भट्टराईविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियारले कार्यालय प्रमुख श्रेष्ठ, इन्जिनियर दास र लखापाल मरासिनीमाथि ५३ लाख ७५ हजार रुपैयाf बिगो माग दाबी गरेको छ । निर्माण कम्पनी, त्यसका सञ्चालक र प्रतिनिधिबाट ६३ लाख ७ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

    उनीहरुले आर्थिक वर्ष २०७४/०७५ मा ठेकेदार र उपभोक्ता समितिमार्फत नवलपरासीको देवचुली र दुम्किबास पम्प हाउस, स्टोरेज टंकी र वितरण प्रणालीको ठेक्कामा कामै नगरी ९ लाख ३२ हजार ५ सय ४८ रुपैयाँको नक्कली बिल बनाएर हिनामिना गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology