Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

अर्घाखाँची भूमिकास्थानमा आगलागि : जलेर मृत्यु हुनेको संख्या चार पुग्यो

अर्घाखाँची भूमिकास्थानमा आगलागि : जलेर मृत्यु हुनेको संख्या चार पुग्यो

  • 1.2K
    SHARES

  • अर्घाखाँची भूमिकास्थानमा आगलागि : जलेर मृत्यु हुनेको संख्या चार पुग्यो

    काठमाडौं, वैशाख २७ ।

    अर्घाखाँचीको भूमिकास्थानमा आगो निभाउने क्रममा जलेर मृत्यु हुनेको संख्या चार पुगेको छ ।  घाइते भएका थप एक जनाको उपचारका क्रममा आज काठमाडौंमा मृत्यु भएको छ ।

    भूमिकास्थान नगरपालिका–२ का ३६ वर्षीय माधव बेल्वासेको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्सपेक्टर कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

    भूमिकास्थान नगरपालिका-२ तिरतिरे जंगलमा मंगलबार लागेको आगो स्थानीय पदम बेल्वासेको दुई तले कच्ची टिनले छाएको घरमा सल्केको थियो ।घरमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएको पाँच जनामध्ये ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको यसअघि नै मृत्यु भइसकेको थियो ।

    पदमलाई थप उपचारको लागि काठमाडौ लैजाने क्रममा नारायणगढमा र पिताम्बरको मिसन अस्पतालबाट काठमाडौं लैजांदै गर्दा पाल्पामै मंगलबार राति मृत्यु भएको हो ।काठमाडौस्थित कीर्तिपुर अस्पतालमा उपचाररत माधव र घनश्यामको भने बुधबार बिहान ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आगलागीमा परेकी २६ वर्षीय अस्मिता बेल्वासेको पाल्पा मिसन अस्पतालमा उपचार भैरहेको र उनी खतरामुक्त रहेको प्रहरी निरीक्षक घिमिरेले बताए ।घाइते सबैलाई अर्घाखाँची अस्पतालमा प्राथमिक उपचारपछि मंगलबारै पाल्पा मिसन अस्पताल लगिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology