सन्धिखर्क,बैशाख २६।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर ५ जना गम्भीर घाइते भएका छन् ।
भुमिकास्थान नगरपालिका २ तिरतिरे खोलामा लागेको आगो स्थानीय पदम वेल्वासेको घरमा सल्किएपछि आगो निभाउने क्रममा स्थानीय ५ जना गम्भीर घाइते भएका हुन् ।
घाइते ५ जनालाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचार पछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले बताउनुभयो।
आगोलागीमा परि भुमिकास्थान २ तिरतिरे खोलाका ५५ बर्षिय पदम वेल्वासे, ३६ बर्षिय माधव वेल्वासे, ५२ बर्षिय घनश्याम वेल्वास्, ७२ बर्षिय पिताम्बर वेल्वासे र २६ बर्षिय अस्मिता वेल्वासे घाइते भएका हुन् ।आगोले पदम वेल्वासेको घर पनि जलेर नष्ट भएको प्रहरी प्रमुख रिजालले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)