बुटवल,बैशाख २६।
लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीले मुलुकको समग्र बिकासका लागी महिला नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सके मुलुकको बिकास सम्भव रहेको उहाँले बताउनुभयो ।
लुम्बिनी प्रदेशका करिब ४० वटा मानव अधिकारको क्षत्रेमा काम गर्ने बिभिन्न संघ संस्थाको संयुतm आयोजनामा रुपन्देहीको तिलोत्तमामा शुरु भएको दिगो बिकासका लागी महिला नेतृत्व बिषयक दुईदिने महिला मञ्च २०८० लाई आईतबार सम्बोधन गर्दै वहाँले सो कुरा बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पुर्व मुख्यमन्त्री गिरीले प्राकृतिक रुपमा महिलाहरु अझै धेरै जोखिममा हुनुुहुन्छ, सन्तान उत्पादन गर्ने क्षमता महिलाहरुमा मात्रै छ, त्यो भार पुरुषले झेल्नु पर्दैैन,त्यसैले यो बिषयमा राज्यले बिशेष खालका निति कानुन निर्माण गरेर अघि बढ्नुपर्छ, भन्नुभयो ।
महिलाहरुको प्रयास र आन्दोलन निरन्तर रुपमा अगाडी बढीरहनुपर्ने उहाँले बताउनुभयो । मुख्यमन्त्री गिरीले तिनै तहका सरकारले रोजगारी सिर्जना गर्ने गरि अबको योजना बनाउन आवश्यक रहेको बताउदै महिलाहरुले दिएको योगदानको राज्यले कदर गर्नुपर्ने बताउनुभयो ।
उहाँले सबैको समान स्तरको उन्नति गर्नका लागी राजनितिक परिबर्तन गरेको बताउदै बिशेष गरि महिलाका मुद्धामा लुम्बिनी प्रदेशमा कानुन निर्माणमा जोड दिने प्रतिबद्धता ब्यक्तm गर्नुभयो ।
कार्यक्रममा बोल्दै महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका संस्थापक अध्यक्ष महिला अधिकारकर्मी डा रेणु अधिकारीले असमान शक्ती सम्बन्धका बारेमा खुलेर छलफल गर्न आवश्यक रहेको बताउनु भयो ।
न्याय, समानता र पर्यावरणिय अधिकारमा सुनिश्चितता ः सामाजिक रुपान्तरण सहितको दिगो विकासको निश्चितता भन्ने मुख्य नारा तय गरिएको कार्यक्रममा बोल्दै अधिकारीले महिलाहरुको समान सहभागिता र महिला नेतृत्व अबको आवश्यकता रहेको बताउनुभयो । अधिकारीले पाएका महिला अधिकार पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै यौनिक तथा लैंगिक अल्पसंख्यक, ओरेक नेपालका केन्द्रिय सल्लाहकार भुमिका श्रेष्ठले महिला र पुरुष मात्रै भनिरहदा अल्पसंख्यक समुदायका समस्या र मुद्धा ओझेलमा पर्ने गरेको बताउनुभयो । श्रेष्ठले सबै नागरिकलाई उत्तिकै सम्मान सहितको अधिकार स्थापित हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय अपांग महासंघका संघिय सदस्य अपांगता अधिकारकर्मी साबित्रा घिमिरले अपांगता भएका महिला बालबालिकाहरुका समस्या अझै सम्बोधन हुन नसकेको बताउनुभयो । बिभिन्न प्रकारका अपांगता भएका नागरिकहरु छन् ,उनीहरु आफै हिंसा प्रतिकार गर्न सक्दैनन् , आफ्नो अधिकार केहो भन्ने समेत जानकारी पाउन बाट बञ्चित छन्, घिमिरेले भन्नुभयो ।
किशोरी अधिकार मञ्च रुपन्देहीका कोषाध्यक्ष सालिनी मिश्राले किशोरीहरुले नेतृत्व बिकासका बिषयमा अग्रसर हुन थालेको बताउनुभयो। बिभिन्न किसीमका हानिकारक सामाजिक मुल्य मान्यतालाई चिर्दे समृद्ध समाज निर्माण हातेमालो गर्ने प्रतिबद्धता ब्यक्तm गर्नुभयो ।
दुईदिन सम्म चल्ने महिला मञ्चमा बिभिन्न ३ बिषयमा छलफल हुने छ । आज “शरिर मेरो ,नियन्त्रण कसैको” बिषयक शिर्षकमा प्यानलिष्ट छलफलमा सहभागी हुदै जनप्रतिनिधि इन्द्रा गहतराजले महिलाहरु आफ्ना आधारभुत अधिकारबाट समेत बञ्चित हुनुपरेको बताउनुभयो ।
मिनाक्षी न्यौपाानेले सहजीकरण गर्नुभएको छलफलमा मानवशास्त्री तथा अध्येता रामचन्द्र श्रेष्ठ , घोराई उपमहानगरपालिकाका उप प्रमुख हुमा कुमारी डिसी, अधिकारकर्मी रुकैया खातुन , किशोरी शालिनी मिश्रा लगायत सहभागी हुनुभएको थियो ।
भोली सोमबार संक्रमणकालिन न्याय र चुनौती र रुपान्तरित नेतृत्वका सवालहरु बिषयमा छलफल हुनेछ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका महिला प्रदेश सभा सदस्य , प्रदेशका १२ वटै जिल्लाका १०९ स्थानिय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष ,जनप्रतिनिधि ,अधिकारकर्मी , किशोरी सुरक्षा निकायका प्रतिनिधि र बिभिन्न संघ सस्थाका प्रतिनिधिको सहभागीता रहेको कार्यक्रमले लुम्बिनी घोषणा पत्र २०८० निर्माण गर्नेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)