Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्रीले विश्वासको मत लिन नपर्ने सत्ता गठबन्धन बैठकको निष्कर्ष

प्रधानमन्त्रीले विश्वासको मत लिन नपर्ने सत्ता गठबन्धन बैठकको निष्कर्ष

  • 1.6K
    SHARES

  • प्रधानमन्त्रीले विश्वासको मत लिन नपर्ने सत्ता गठबन्धन बैठकको निष्कर्ष

    काठमाडौं,बैशाख २३ ।

    सत्ता गठबन्धनको बैठकले सरकारले विश्वासको मत लिन नपर्ने निष्कर्ष निकालेको छ। बालुवाटारमा शनिबार सत्ता साझेदार दलको बैठकले विश्वासको मत लिन नपर्ने निष्कर्ष निकालेको हो।

    राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुपर्ने बहस सिर्जना भएको छ। यद्यपि संविधानविद्हरू नै यस विषयमा एकमत छैनन्।

    त्यस्तै बैठकले भोलिदेखि सुरु हुने संसदको बजेट अधिवेशनलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए।

    उनले भोलिको बैठकमा सरकारको सिद्धान्त र प्राथमिकताका विषयमा भोलिको संसदमा कुरा राख्ने हुँदा गठबन्धन बैठकमा सोही विषयमा केन्द्रित भएको बताए। त्यसबाहेक बैठकमा नागरिकता विधेयक, संघीय निजामती ऐन, शिक्षा ऐन, संवैधानिक परिषद् विधेयकका विषयमा छलफल भएको पाण्डेको भनाइ छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology