बुटवल,वैसाख २३ ।
नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीकाे अध्यक्षमा रामप्रसाद ढकाल विजयी हुनु भएकाे छ । शुक्रबार बुटवलमा सम्पन्न साताैं जिल्ला अधिवेशनबाट १६५ मत सहित अध्यक्ष पदमा स्वास्थ्यमर्मी संघका ढकाल निर्वाचित हुनुभएकाे हाे ।
अध्यक्षका अर्का प्रतिस्पर्धी ओमप्रकाश चाैधरीले १०७ र ऐयुव अली खानले १५ मत प्राप्त गर्नु भयाे । कुल ३०६ मतदाता रहेकाेमा २९६ मत खसेकाे थियाे ।नवनिर्वाचित कार्यसमितिकाे खुला उपाध्यक्ष पदमा १६९ मत सहित सफातुल्ला मुसलमान, महिला उपाध्यक्ष पदमा १८१ मत सहित उर्मिला गुरुङ, अनाैपचारिक/स्वराेजगार उपाध्यक्ष पदमा १७७ मत सहित रेनु कर्माचार्य निर्वाचित हुनु भएकाे छ ।
सेवा र उत्पादन क्षेत्रकाे उपाध्यक्ष पदमा क्रमश: रामचन्द्र विक र टेकराज भट्टराई निर्विराेध निर्वाचित हुनु भएकाे निर्वाचन समिति सदस्य बाबुराम पाण्डेले बताउनु भयाे ।
त्यस्तै सचिव पदमा १७० मत सहित केशवराज पाण्डे, दुई सहसचिव पदमा १५३ मत सहित लक्ष्मण भण्डारी, १५४ मत सहित लक्ष्मी श्रेष्ठ तथा काेषाध्यक्ष पदमा १५२ मत सहित पल्लवी न्याैपाने र सहकाेषाध्यक्षमा १६४ मत सहित लिला विष्ट निर्वाचित हुनुभएकाे छ ।
कार्यसमिति सदस्य पदमा भने सर्वसम्मत भएकाे छ । कार्यसमिति सदस्यमा खुल्लाबाट ५ पदमा यज्ञप्रसाद (विनाेद) खनाल, उमाशंकर यादव, कमला आचार्य, प्रकाश खनाल र तुलसीराम (भुवन) पाण्डे तथा महिलाबाट ४ सदस्य पदमा रीता पराजुली, गाेमा नेपाल, भगवती बस्याल र पुनमदेवी भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)