Logo बिहिवार, आश्विन १ गते २०८३
images

पोर्चुगलमा बुद्ध जयन्ती,राजधानी लिस्बनमा बृहत् शोभा यात्रा 

पोर्चुगलमा बुद्ध जयन्ती,राजधानी लिस्बनमा बृहत् शोभा यात्रा 

  • 1.3K
    SHARES

  • पोर्चुगलमा बुद्ध जयन्ती,राजधानी लिस्बनमा बृहत् शोभा यात्रा 

    भरत प्रधान /लिस्बन, बैशाख २३ ।

    २५६७ औं बुद्ध जयन्तीका अवसरमा पोर्चुगलको राजधानी लिस्बनमा बृहत् शोभायात्रा निकालिएको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको संयोजन तथा पोर्चुगलमा रहेका नेपाली सङ्घसंस्थाको सक्रियतामा शुक्रवार लिस्बन सहरमा बृहत् शोभायात्रा निकालिएको हो ।

    बुद्धका तस्वीर, बुद्ध नेपालमा जन्मेका हुन् लिखित ब्यानर, बुद्ध उपदेश लिखित प्लेकार्ड, नेपालको राष्ट्रिय झन्डा र सांस्कृतिक वेषभूषासहितको शोभायात्राले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गरेको थियो।शोभायात्रामा बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी वाचन गर्दै बुद्ध ध्वनिसमेत गुञ्जाइएको थियो ।

    रोसियोस्थित प्रासा दि कमर्सियोबाट सुरु भएको शोभायात्रामा पोर्चुगलमा रहेका नेपाली समुदाय, बौद्ध धर्मगुरु स्वदेशी तथा विदेशी बौद्ध अनुयायीको सहभागिता थियो ।port.jpg

    शोभायात्रापछि मार्तिम मुनिजमा आयोजित कोणसभामा पोर्चुगिज बौद्ध धर्मगुरु गिर्मे लामाले बुद्ध र बुद्धका ज्ञान, दर्शन र उपदेशका विषयमा संक्षिप्त प्रवचनसमेत दिनुभएको थियो ।

    सो अवसरमा बुद्ध जयन्ती मूल समारोह समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले शोभायात्रामा सहभागीलाई धन्यवाद दिँदै बुद्धको प्रेरणादायी ज्ञान र उपदेशको अनुशरण गर्नुपर्ने बताउनुभयो ।nepali mahila samaj portugal.jpg

    कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वअध्यक्ष रमेशकुमार गुरुङ, नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष हेम गुरुङ, महावाणिज्यदूतावासका छविलाल बगाले लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

    यसअघि शेर्पा किदुग पोर्चुगलको संयोजनमा आन्जुसमा पोर्चुगिज तथा नेपाली धर्मगुरुद्वारा भगवान् बुद्धको विशेष पूजापाठ समेत गरिएको थियो ।विदेशी भूमिमा बुद्ध र बुद्धभूमि नेपालको प्रचार-प्रसार गर्ने उद्देश्यका साथ विगतका वर्षमा जस्तै यस वर्ष पनि विशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाइएको महावाणिज्यदूत हमालले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology