संखुवासभा,वैसाख २२ ।
संखुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटना भएको छ । अरुण तेस्रोको सामान लिएर गएको सिम्रिक एयरको हेलि दुर्घटनामा परेको बताइएको छ । हेलिकप्टर भोटखोला गाउँपालिका-४ सिब्रुङमा दुर्घटना भएको हो ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार हेलिकप्टर दुर्घटनामा परेको खबर प्रहरी-प्रशासनलाई प्राप्त भएको छ । उनले त्यसतर्फ प्रहरी परिचालन गरिएको जानकारी दिए ।
पाईलट क्या. सुरेन्द्र पौडेल सकुशल रहेको बताइएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)