Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

ज्ञवाली परिवारद्वारा महेन्द्र विद्यावोध विद्यालयलाई ५० लाख सहयोग

ज्ञवाली परिवारद्वारा महेन्द्र विद्यावोध विद्यालयलाई ५० लाख सहयोग

  • 792
    SHARES

  • ज्ञवाली परिवारद्वारा महेन्द्र विद्यावोध विद्यालयलाई ५० लाख सहयोग

    अर्घाखाँची,बैशाख  २१ ।  

    अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको महेन्द्र विद्यावोध विद्यालयलाई एक परिवारले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयको हिरक महोत्सवको अवसर पारी ज्ञवाली परिवारको तर्फबाट ५० लाख रुपैयाँको आर्थिक सहयोग   गरेको अनिता ज्ञवालीले बताइन् ।

    विद्यालयका संस्थापक अध्यक्ष स्व. नेत्रलाल ज्ञवालीको छोरा विश्वमणि ज्ञवाली र शहिद स्व। राममणी ज्ञवालीकी श्रीमती कल्पना ज्ञवालीले संयुक्त रुपमा विद्यालयलाई ५० लाख १ हजार १ रुपँयाको चेक हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर खनालले जानकारी दिए ।

    उक्त रकमबाट विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नको लागि अक्षयकोष स्थापना स्वरुप सहयोग भएको बताउनुभयो। बुधबार सभामुख देवराज घिमिरे र सासंद टोपबहादुर रायमाझी सहभागी कार्यक्रममा सहयोगी दातालाई सम्मान पत्र समेत हस्तान्तरण गरिएको थियो ।

    १९९० मा छत्रदेव गाउँपालिका वडा नम्बर २ बल्कोट पैवाबाट प्राथामिक तहबाट पठनपान सुरु गरेको विद्यालय जिल्लाको पुरानो विद्यायको रुपमा चिनिन्छ ।

    यस्तै २०२० सालमा त्यस विद्याललाई वडा नम्बर ४ केरुङ्गा बल्कोटमा सारी माध्यमीक तह सम्म पठनपाठन सुरु भएको बताएको छ । अबको ६ महिना पछि महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको नामाङ्कन परिवर्तन भएर महेन्द्र विद्यावोध नेत्र राममणी माध्यमिक विद्यालयको नाम हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खनालको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology