बुटवल,वैसाख १९ ।
सुनौलो लालीगुरास आमा समूह तिलोत्तमा १४ टिकुलीगढद्वारा आयोजित ३ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । नव टीकुलीगढ युवा क्लवको ब्यवस्थापनमा मायादेवी विश्व शान्ति बौद्ध बिहारमा भएको तालिम समापनमा सहभगि २६ जनालाई प्रमाणपत्र प्रदान गरिएको छ ।
सो अवसरमा बोल्दै तिलात्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले नेतृत्व विकासबाट नै हरेक कुराको शूरूवात हुने बताउनुभयो । नेतृत्व बिकासमा अघि बढ्न आग्रह गर्नुभयो ।
सो अवसरमा कार्यपालिका सदस्य रवि सेन्चुरी,वडा न १४ का वडाध्यक्ष आश्विन पौडेल,आमा समुहका अध्यक्ष सरस्वति पुन, क्लवका प्रचारप्रसार संयोजक बुद्धि थापा , प्रशिक्षक शोनु मगर,क्लवका सचिव शान्ति पुन,सहभागी दानमाया पुन,दिलकुमारी चौधरी,गंगा गुरूङ लगायतले बोल्दै तालिमले आत्मवल बढेको बताए ।
सो तालिम बैसाख १७ गतेदेखि शुरू भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)