Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

नेपालले जित्यो एसीसी प्रिमियर कप,एसिया कपमा भारत र पाकिस्तानसँग भिड्ने

नेपालले जित्यो एसीसी प्रिमियर कप,एसिया कपमा भारत र पाकिस्तानसँग भिड्ने

  • 1.1K
    SHARES

  • नेपालले जित्यो एसीसी प्रिमियर कप,एसिया कपमा भारत र पाकिस्तानसँग भिड्ने

    काठमाडौं,वैसाख १९ ।

    एसीसी पुरुष प्रिमियर कप क्रिकेटको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँगको खेल नेपालले जितेको छ। नेपालका लागि गुल्सन झा र भीम सार्कीले महत्वपूर्ण साझेदारी गर्दै जिताएका हुन्। 

    नेपालले लगातार विकेट गुमाइरहेका बेला उनीहरुले सम्हालिनुका साथै रनरेटसमेत उकासेका हुन्। नेपालका लागि झाले महत्वपूर्ण योगदान गरे। उनले ६७ रन बनाउने क्रममा उनले ६ छक्का र ३ चौका प्रहार गरे। 

    अलराउन्डर झालाई आजको खेलमा तेस्रो नम्बरमै ब्याटिङका लागि पठाइएको थियो। नियमित क्रमका भीम सार्कीलाई तेस्रो चौथो नम्बरमा झारिएको थियो। 

    सार्कीले ७२ बलमा ३६ रनको योगदान गरे। त्यसअघि नेपालले तीन विकेट लगातार गुमाएको थियो। नेपालले जम्मा एक रन बनाउँदा ओपनर कुशल भुर्तेल रोहन मुस्तफाबाट एलबीडब्लू आउट भएका थिए भने ६ ओभरमा जम्मा १९ रन बनाउँदा आसिफ शेख आयान खानबाट एलबीडब्लू धरापमा परे।nepal vs uae.jpg

    यूएईलाई सस्तोमै समेट्ने क्रममा नेपालका लागि ललित राजवंशीले उत्कृष्ट बलिङ गरेका थिए। उनले ७ दशमलव एक ओभर बलिङ गर्दै जम्मा १४ रन दिएर चार विकेट लिए। करण केसी र सन्दीप लामिछानेले दुईरदुई विकेट लिए भने सोमपाल कामी र गुल्सन झाले एकरएक विकेट लिएका थिए।

    आगामी सेप्टेम्बरमा एशिया कप हुने तालिका छ। जहाँ नेपालले विश्व क्रिकेटका महारथी मानिएका भारत, पाकिस्तानसँग खेल्नेछ। नेपाल समूहमा एमा रहेको छ। जहाँ भारत र पाकिस्तान रहेका छन्। यसैगरी समूह बीमा बंगलादेश, श्रीलंका र अफगानस्थान छन्।

    समूह चरणबाट दुई-दुई टिम टप चारका लागि अघि बढ्नेछन्।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology