Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रेस चौतारी रुपन्देहीले प्रदेशस्तरीय फुटसल प्रतियोगिता गर्ने

प्रेस चौतारी रुपन्देहीले प्रदेशस्तरीय फुटसल प्रतियोगिता गर्ने

  • 1.5K
    SHARES

  • प्रेस चौतारी रुपन्देहीले  प्रदेशस्तरीय फुटसल प्रतियोगिता गर्ने

    बुटवल,वैशाख १८ ।

    प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजनामा यही वैशाख २१ गते हुने लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रेस चौतारीले लुम्बिनी प्रदेशका जिल्ला कमिटीहरुसँग अन्तरसम्बन्ध स्थापित गर्ने उद्देश्यले फुटसल प्रतियोगिताको आयोजना गरेको हो ।

    प्रतियोगितामा लुम्बिनी प्रदेशका ११ जिल्लाबाट प्रेस चौतारीका सदस्य पत्रकारहरुले भाग लिने प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।

    प्रतियोगिताको मुख्य प्रायोजक होटल एभरेष्ट इन बुटवल रहेको छ । तिलोत्तमा–३ योगीकुटी शान्तिचोकस्थित लुम्बिनी फुटसल एरिनामा हुने प्रतियोगिताको उद्घाटन एमाले उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । 

    प्रतियोगिताका लागि स्वस्तिक श्रेष्ठको संयोजकत्वमा आवश्यक तयारीको काम अगाडि बढाइएको छ । प्रतियोगितामा प्रथमलाई ३० हजार र दोस्रोलाई १५ हजार पुरस्कार राशिको व्यवस्था गरिएको संयोजक श्रेष्ठले नागरिक अनलाइनलाई जानकारी दिए । प्रेस चौतारी रुपन्देहीले पहिलोपटक फुटसल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा विधागत पुरस्कारका साथै शिल्ड, मेडल र प्रमाणपत्र समेत प्रदान गरिनेछ ।

    प्रतियोगिता उद्घाटनमा संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, उपाध्यक्षहरु, महासचिव हिरामान लामालगायत उपस्थित हुनेछन् । 

    प्रतियोगिताको अघिल्लो दिन वैशाख २० गते प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिसँगको समन्वयमा सांगठनिक प्रतिवेदन लेखन तालिमको समेत आयोजना गरिएको छ ।    

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology