Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल प्रेस युनियन रुपन्देहीको अधिवेशन वैशाख २९ मा,उपसमितिहरू गठन

नेपाल प्रेस युनियन रुपन्देहीको अधिवेशन वैशाख २९ मा,उपसमितिहरू गठन

  • 1.3K
    SHARES

  • नेपाल प्रेस युनियन रुपन्देहीको अधिवेशन वैशाख २९ मा,उपसमितिहरू गठन

    बुटवल,वैसाख १८ ।

    नेपाल प्रेस युनियन रुपन्देहीको अधिवेशन यही वैशाख २९ गते हुने भएको छ। आइतबार बुटवलमा बसेको कार्यसमिति बैठकले वैशाख २९ गते अधिवेशन गर्ने निर्णय गरेको सभापति रेखा भुसालले नागरिक अनलाइनलाई जानकारी दिनुभयो।

    नेपाल प्रेस युनियनका केन्द्रीय सभापति शिव लम्सालको प्रमुख आतिथ्ययतामा बसेको बैठकले अधिवेशन समन्वय समिति गठनदेखि अधिवेशन सफल पार्न विभिन्न उपसमितिहरू समेत गठन गरेको छ।

    अधिवेशन तयारीका लागि युनियनका पुर्व सभापति तथा सल्लाहकार खिमानन्द भट्टराईको संयोजकत्वमा सल्लाहकारहरु माधव नेपाल, छबि पाण्डे,हरिष ढकाल,रामराज पोखरेल,भवानी प्रसाद पाण्डे, बिक्रम खडका, यमलाल भुसाल र अध्यक्ष रेखा भुसाल सहितको समन्वय समिति गठन गरिएको छ।

    त्यस्तै निर्वाचन समिति, कार्यक्रम स्थल व्यवस्थापन समिति,अतिथि सत्कार,संचार डाइरेक्ट्रि प्रकाशन लगायतका उपसमितिहरु गठन गरिएको छ।

    बैठकले सल्लाहकार माधब नेपालको संयोजकत्वमा तीन सदस्यीय जिपि कोइराला स्मृति पत्रकारिता पुरस्कार छनोट समिति गठन गरेको छ । समितिको सदस्यमा सल्लाहकार हरिस ढकाल र सभापति रेखा भुसाल हुनुहुन्छ ।

    सल्लाहकार छबि पण्डेको संयोजकत्वमा टोप सुशीला शिक्षा पत्रकारिता पुरस्कार छनोट समिति गठन गरिएको छ ।छनोट समितिमा पुरस्कारको कोषका संस्थापक लाल प्रसाद पङ्गेनी (कृष्ण) र सभापति रेखा भुसाल रहेको कार्यवाहक सचिव कल्पना तिवारीले जानकारी दिनुभयो।

    वैशाख १६ गते देखी ३१ गते सम्ममा जिल्ला शाखाहरूको अधिवेशन गर्ने केन्द्रीय समितिको निणर्य अनुरुप रुपन्देही शाखाले यहि वैशाख २९ गतेकालगि अधिवेशनको मिति तोकेको हो । बैठकमा बोल्दै केन्द्रीय सभापति लम्सालले श्रमजीवी पत्रकारहरको हकहितका लागि नेपाल प्रेस युनियन देशभर सशक्त ढंगले अगाडि बढेको बताउनुभयो।

    बैठकमा सल्लाहकारहरू माधव नेपाल ,हरिष ढकाल ,रामराज पोखरेल ,विक्रम खड्का, उपसभापति कविन्द्र नेपाल,दिपक घिमिरे लगायतले बोल्दै लोकतन्त्रको रक्षा, बिधिको शासन, प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका लागि युनियनलाई बलियो बनाउने बताउनुभयो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology