Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पक्षघातका बिरामी निर्माण मजदुर मगरलाई शान्ति समाज रुपन्देहीको आर्थिक सहयोग

पक्षघातका बिरामी निर्माण मजदुर मगरलाई शान्ति समाज रुपन्देहीको आर्थिक सहयोग

  • 2.0K
    SHARES

  • पक्षघातका बिरामी निर्माण मजदुर मगरलाई शान्ति समाज रुपन्देहीको आर्थिक सहयोग

    बुटवल,वैसाख १८ ।

    मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आर्थिक सहयोग प्रदान गरेको छ  । बिगत १८ बर्षदेखि निर्माणका क्षेत्रमा मजदुरी गर्दै आएका र  ३ महिनादेखि  पक्षघातका कारण बिस्तरामा थलापरेका बुटवल १० रामनगरका होमबहादुर डाला मगरलाई आर्थिक सहयोग तथा फलफूल वितरण गरिएको समाजका रुपन्देही सभापति कृष्ण भट्टराइ (खिम)ले जानकारी दिए ।

    बोल्नै नसक्ने र एक हर नचल्ने अवस्थामा रहेका ४७ बर्षिय डाला मगरका श्रीमती मन्जु मगर, छोरा मदन राना र छोरी महिमा राना मगर रहेका छन्  । बुटवलमा २३ बर्षदेखि भाडाको घरमा बस्दै आएपनि अहिले घरका मूली नै थला परेपछि उनीहरुको परिवारको आर्थिक स्थिती दयनीय रहेको छ ।

    उनीहरुलाइ राहत र घाउमा मल्हम लगाउन  श्रमको सम्मान स्वरुप नगद ५ हजार रुपैँया र फलफूल सहयोग गरिएको उपसभापति कपिल ज्ञवालीले बताए ।samaj help.jpg

    आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा काउनका केन्द्रिय निवर्तमान अध्यक्ष जेबि गुरुङ, सभापति कृष्ण भट्टराइ (खिम),उपसभापति भापति कपिल ज्ञवाली,सचिव कृष्ण पाण्डे,पत्रकार स्वस्तिक श्रेष्ठ लगायतले बोल्दै श्रमको सम्मान गर्ने र सामाजिक सुरक्षालाइ कढाईका साथ लागु गर्नुपर्ने बताएका छन् ।

    आर्थिक सहयोग ग्रहण गर्ने परिवारका तर्फबाट श्रीमती मन्जु मगरले सहयोग गरेकोमा धन्यबाद दिदै आगामी दिनमा पनि सक्दो सहयोगको अपेक्षा गर्नुभयो । सो अबसरमा मानव अधिकार तथा शान्ति समाज रूपन्देहीका पदाधिकारी,सदस्य तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology