Logo बिहिवार, आश्विन १ गते २०८३
images

३५ जना रिक्सा चालक महिलालाई बुटवल उपमहानगरद्वारा सम्मान

३५ जना रिक्सा चालक महिलालाई बुटवल उपमहानगरद्वारा सम्मान

  • 1.4K
    SHARES

  • ३५ जना रिक्सा चालक महिलालाई बुटवल उपमहानगरद्वारा सम्मान

    बुटवल, वैशाख १७ । 
    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ई–रिक्सा तथा टेम्पो चालक महिलाहरुलाई सम्मान गरेको छ ।
    अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर उपमहानगरपालिकाले नगरमा दर्ता भएर सञ्चालनमा रहेका ३५ जना चालक महिलालाई सम्मान गरेको हो ।

    आइतबार बुटवल उपमहानगरपालिकामा आयोजित कार्यक्रममा सम्मान गर्दै नगरप्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षदेखि महिला चालकहरुका ई–रिक्सा र टेम्पोबाट लिइने करमा छुट दिने बताए ।

    पाण्डेयले ई–रिक्सा र टेम्पो चालक महिलाको बीमा गर्ने गरी तयारी गरिरहेको बताउँदै बुटवलमा महिलाहरुलाई प्रोत्साहन गर्नका लागि महिला चालक जनशक्ति उत्पादनमा आगामी वर्षदेखि लगानी गर्ने बताए । उनले बुटवलमा ई–रिक्सा र टेम्पो चालक महिलाहरु स्वरोजगार बनेको र यसले बुटवलको प्रतिष्ठा बढाएको बताए ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाई, राजस्व प्रशासन शाखाका प्रमुख डोलराज पौडेल, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका समुन्द्र जिसी, रिक्सा व्यवसायी प्रकाश खनाल, रिक्सा चालक महिलाहरु सुशीला अर्याल, मीना नेपालीलगायतले बोलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology