Logo बिहिवार, आश्विन १ गते २०८३
images

१३ औं राष्ट्रपति रनिङ शिल्डमा २० स्वर्णसहित लुम्बिनी प्रदेश बन्यो च्याम्पियन

१३ औं राष्ट्रपति रनिङ शिल्डमा २० स्वर्णसहित लुम्बिनी प्रदेश बन्यो च्याम्पियन

  • 3.6K
    SHARES

  • १३ औं  राष्ट्रपति रनिङ शिल्डमा २० स्वर्णसहित लुम्बिनी प्रदेश बन्यो च्याम्पियन

    बुटवल,बैसाख १७ ।

    लुम्बिनी प्रदेशले १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको  छ । लुम्बिनीले २० स्वर्ण, ८ रजत र ५ कांस्य पदक जित्दै उपाधिमाथि ह्याट्रिक गरेको हो ।

    लगातार तेस्रो पटक च्याम्पियन बनेको लुम्बिनीले यसअघि ११औं संस्करणमा २० स्वर्ण तथा १२औं संस्करणमा १६ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको थियो ।

    युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा बागमती प्रदेश १० स्वर्ण, १६ रजत र १३ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको कोशी प्रदेशले ७ स्वर्ण, ५ रजत र ११ कांस्य जित्यो । 

    यस्तैसुदूरपश्चिम प्रदेश ६ स्वर्ण, ११ रजत र १८ कांस्यसहित चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ३ रजत र १० कांस्यसहित पाँचौं तथा गण्डकी प्रदेश ३ स्वर्ण, ६ रजत र ५ कांस्यसहित छैटौं स्थानमा रहे । सातै प्रदेश सहभागी प्रतियोगितामा स्वर्णविहीन मधेश प्रदेश सातौं भयो । मधेशले २ रजत र ६ कांस्य जित्यो । win.jpg

    तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो । ६ खेलमा सातै प्रदेशका ६ सय ५८ खेलाडी सहभागी थिए ।

    एथलेटिक्सतर्फ छात्ररछात्रामा समान १३–१३, भलिबल र कबड्डीतर्फ छात्ररछात्रामा समान १–१, करातेतर्फ छात्ररछात्रामा समान ४–४ तथा उसु र तेक्वान्दोतर्फ छात्ररछात्रामा समान ३–३ स्वर्ण गरी जम्मा ५० स्वर्णका लागि प्रतिस्पर्धा भएको प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बताए ।

    व्यक्तिगत, समूहगत र शीर्ष तीन स्थान हात पार्नेलाई नगद पुरस्कार प्रदान गरिएको थियो । कुल पुरस्कार राशी ८ लाख ८५ हजार रुपियाँ वितरण गरियो । जुनियर राष्ट्रिय कीर्तिमानका लागि छुट्टै १५ हजार रुपियाँ पुरस्कार प्रदान गरियो । प्रतियोगितामा जम्मा ३ कीर्तिमान बनेको हरिष ओलीले नागरिक अनलाइनलाई बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology