Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

जनज्योति आधारभूत स्कुलमा लायन्स र राेटरीद्वारा पोशाक वितरण

जनज्योति आधारभूत स्कुलमा लायन्स र राेटरीद्वारा पोशाक वितरण

  • 642
    SHARES

  • जनज्योति आधारभूत स्कुलमा  लायन्स र राेटरीद्वारा पोशाक वितरण

    बुटवल,बैसाख १७  ।

    लायन्स क्लव अफ भृकुटीटाउन मनकामना र रोटरी क्लव अफ क्यापिटल बुटवल को संयुक्त आयोजनामा श्री जनज्योति आधारभूत स्कुलमा पोशाक वितरण गरेको छ ।

    कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको  लायन्स क्लवअफ भृकुटीटाउन मनकामनाका अध्यक्ष लता खड्काले जानकारी दिईन । विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पोशाक वितरण गरिएको हो ।ssst.jpg

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका  उप प्रमुख सावित्रा  देवी अर्यालले बालबालिकाहरुको शैक्षिक गुणस्तर वृद्धि विकास गर्दै त्यस क्षेत्रमा रहेका बालबालिकाहरुलाई अध्ययन गर्न आर्कषण गर्ने गर्नको लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभाकहरुका साथै स्थानीय बुद्धिजीवीहरुले विशेष ध्यान दिनुपर्ने बताएकी थिईन ।
    क्लवका अध्यक्ष खड्काले बालबालिकाहरु भविष्यका कर्णधार भएकाले उनीहरुलाई प्रोत्साहान र उत्प्रेरित गर्दै उक्त क्षेत्रकाबालबालिकाहरुलाई पोशाकवितरण गरिएको बताएकी थिईन ।

    रोटरी क्लव ३२९२ डिष्टिक सर्भिस प्रोजेक्टकमिटी चेयर पर्सन एजाज आलमले विभिन्न क्षेत्रमाकामगर्दै आएको रोटरीले  शिक्षा क्षेत्रमा पनि कामगर्दै आएकोमा यसलाई प्रभावकारी बनाउनको लागि कुरामा जोड दिएका थिए । 
    लायन्स क्लव अफ भृकुटी टाउन मनकामनाका रिजनल चियर पर्सन एमजे एफ कल्पना सिवाकोटीले यसरी बुटवलकै निम्न स्तरका बालबालिकाहरु रहेकाविद्यालयमा यस्ता कार्यक्रमगर्दै विद्यालय , अभिभावकतथाविद्यार्थीहरुलाई थप हौसलामिल्ने बताएकी थिईन । विद्यालयका  प्रधानाध्यापक  विजु कार्कीले  सामाजिक क्लवहरुले गरेको सेवा अतुलनीय भएको बताएकी  थिईन । विद्यालयव्यवस्थापन समितिका अध्यक्ष सरस्वतीकुँवरले स्थानीय सरकारको चासो बढाउन आग्रह गरिन ।

    रोटरी क्लवअफ क्यापिटल बुटवलका अध्यक्ष अशोक कुँवर, लायन्स क् मनकामनाका सचि बसिमा घिमिरे, मनकामनाकी कोषाध्यक्ष  ईश्वरी पन्थ बस्याल र रोटरी क्लवअफ क्यापिटल बुटवलका नोमिनी प्रेसिडेन्ट विश्वदिपक नेपाल, ,तेजेन्द्र सापकोटा, अमित अधिकारी, तोलाकान्त भण्डारी  लगातलको सहभागीता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology