Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

तुलसीपुर नगर जेसिजको भित्रेपात्रो बिमोचन

तुलसीपुर नगर जेसिजको भित्रेपात्रो बिमोचन

  • 858
    SHARES

  • तुलसीपुर नगर जेसिजको भित्रेपात्रो बिमोचन

    निरला अर्याल/ तुलसीपुर,बैशाख १७ ।

    तुलसीपुर नगर जेसिजले नव वर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन  कार्यक्रम गरेको छ । तुलसीपुर नगर जेसीजका अध्यक्ष सालिकराम ओलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 

    वडा अध्यक्ष जिसीले  जेसिज एक खुल्ला विश्वविद्यालय भएको हुनाले हजारौँ युवाहरुले व्यक्तित्व र नेतृत्व विकास गरिरहेको बताउनुभयो । उहाँले समाजको विकृति विसंगतिलाई निराकरण गर्न जेसिजमा आबद्ध उर्जाशील युवाहरुले निरन्तर काम गरेको बताउनुभयो । 

    ‘समाजको अभाव जहाँ रहेको हुन्छ, जेसीजको उपस्थिति त्यही रहेको छ ।’  उहाँले भन्नुभयो–‘समाजलाई सकारात्मक परिवर्तन गराउन जेसिजले खेलेको भूमिका प्रशंसनिय छ ।’

    जेसि मोतीराम भुसालको स्वगत मन्तव्यबाट शुरु भएको कार्यक्रममा शिक्षक नवीन पराजुली,  तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाई समितिका अध्यक्ष यमकान्त भण्डारी, तुलसीपुर नगर जेसिजका अक्षयकोष दाता केशव सापकोटा, सामाजिक अभियन्ता पदम पोख्रेलले  जेसिजमा आवद्ध भएर धेरै युवाहरुको  जीवन परिवर्तन भएको बताउनुभयो । 

    २०१२ मा स्थापना भएको संस्थाले निरन्तर रूपमा सामाजिक काम गरेको पूर्व अध्यक्ष विमल कुमार पौडेलले बताउनुभयो । कार्यक्रममा पूर्व अध्यक्ष झरेन्द्र खरेल, मेघराज घिमिरे, सूर्य शर्मा लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा आस्था पाठ उपाध्यक्ष सागर न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रम संयोजक तुफान सापकोटाले धन्यवाद ज्ञापन गर्नुभएको हो । कार्यक्रमको सहजीकरण महासचिव सन्दिप भुसालले गर्नुभएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology