Logo मंगलवार, श्रावण १२ गते २०८३
images

निःशुल्क दान गरेको रगतलाई पैसामा बेच्नु गलत : प्रदेश प्रमुख अमिक शेरचन

निःशुल्क दान गरेको रगतलाई पैसामा बेच्नु गलत : प्रदेश प्रमुख अमिक शेरचन

  • 4.1K
    SHARES

  • निःशुल्क दान गरेको रगतलाई पैसामा बेच्नु गलत : प्रदेश प्रमुख अमिक शेरचन

     बुटवल,वैसाख १६ ।

    लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले रगत नि:शुल्क हुनुपर्ने बताउनु भएको छ । उहाँले रगतमा मूल्य लिनु गलत भएको पनि बताउनु भयो । सर्वसाधारणले नि:शुल्क दान गरेको रगत नि:शुल्क प्राप्त गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

    नेपाल स्वयमसेवी रक्तदाता समाजको चौथो राष्ट्रिय महाधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै निःशुल्क रगतलाई पैसा कमाउने रुपमा विकास हुनु गलत भएको बताउनु भयो । त्यसै अवसरमा यहाँले “हाम्रो रगत” पुस्तक बिमोचन र “हाम्रो रगत” गित सार्वजनिक गर्नुभयो ।

    कार्यक्रममा बोल्दै समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले प्रत्येक स्वस्थ्य ब्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व तथा कर्तव्य भएको र  निशुल्क रगत पाउनु नैसर्गिक अधिकार भएको बताउनु भयो ।

    कार्यक्रममा बालरोग विशेषज्ञ तथा चिकित्सक संघ रुपन्देहीका सचिव डा.सन्तोष पोखरेलले रगतको व्यवस्थापनको लागि समयअनुसार नया मेशिनहरु भित्र्याउनु पर्नेमा जोड दिनु भयो ।समाजका केन्द्रीय उपाध्यक्ष ध्रुव थपलियाले निशुल्क रगतको अभियान गाउंगाउंमा पुर्याउन सकिने बताउदै सरकार यस बिषयमा चासो नदिदा बिरामीहरु पीडित हुनुपरेका दुखेसो व्यक्त गर्नु भयो ।

    नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेलले स्वास्थ्य र शिक्षा क्षेत्रमा बढेको व्यापारिकरणको प्रवृत्ति रोक्न सरकारको पहल जरुरी रहेको बताउनु भयो ।नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापति दिपक थापा ९क्षेत्री० ले ३१ हजार पिन्ट यो वर्ष रगत वितरण गरेको बताउदै रुपन्देही जिल्लाका १४ पालिकाहरुमा सम्झौता अनुसार परिचयपत्रका आधारमा निशुल्क रगत दिने काम शुरु गरेको जानकारी गराउनु भयो ।

    कार्यक्रममा पुर्व स्वस्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, प्रदेश सभा सदस्य जमुना ढकाल, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रा अर्याल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक पुर्व सभासद भिक्षु आनन्द, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उज्ज्वलप्रसाद कसजुले रक्तदान जस्तो पुण्य अभियान सरकारबाट गरिनुपर्ने काम एउटा संस्थाबाट चलाएर समाज रुपान्तरणमा सहयोग गरेको भनाई राख्नु भयो ।

    महाधिवेशनका संयोजक कृष्ण चौहान क्षेत्रीले २०६२ सालमा स्थापना भएको संस्थाको चौथो महाधिवेशन काठमाण्डौ उपत्यका बाहिर पहिलो पटक बुटवलमा गरिएको बताउनु भयो । यो संस्थाको हालसम्म ३४ जिल्लामा शाखा सञ्जाल रहेको र महाधिवेशनमा ती शाखाबाट ९० जना सहभागी रहेको उहाँले जानकारी गराउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology