Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘प्रथम बुटवल मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता’ बैशाख १८ देखि हुने

‘प्रथम बुटवल मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता’ बैशाख १८ देखि हुने

  • 1.2K
    SHARES

  • ‘प्रथम बुटवल मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता’ बैशाख १८ देखि हुने

    बुटवल,बैसाख १६ ।

    रुपन्देहीमा प्रथम बुटवल मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० हुने भएको छ । बुटवल क्रिकेट विकास समितिको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा पहिलो पटक प्रथम बुटवल मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० हुने भएको हो ।

    पालिकास्तरका युवा क्रिकेट खेलाडीहरुलाई प्लेटफर्म दिने उद्देश्यका साथ बैशाख १८ गतेबाट शुरु हुने प्रतियोगिताको तयारी पूरा भएको बुटवल क्रिकेट विकास समितिको अध्यक्ष अमित श्रेष्ठले जानकारी दिनभयो ।

    यसैबिच समितिका वरिष्ठ उपाध्यक्ष रोमित बज्राचार्य र उपाध्यक्ष अनिल सेन्चुरीले बुटवल टिमको जर्सी सार्वजनिक गर्दै टिम क्याप्टेन भुवन पाण्डेलाई हस्तान्तरण गर्नुभएको छ । press meet soprt.jpg
    नरेश्वर क्रिकेट मैदानमा दैनिक २ खेल टि–ट्वान्टी फरमेटमा हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, सिद्धार्थनगर, लुम्बिनी सास्कृतिक नगरपालिका गरी ६ टिम प्रतियोगिताको उपाधि भिडन्त गर्ने भएका छन ।

    प्रतियोगिता आयोजना गर्न बुटवल उपमहानगरपालिकाले ५ लाख बजेट विनियोजन गरिको छ । प्रतियोगितामा टिम दर्ता निशुल्क गरिएको छ ।

    समितिबाट उजरसिंह ट्रफि समेत खेलाईदै आएको र यसपटक विजेता वेष्ट्रन क्रिकेट एकेडेमी रहेकाले यसलाई नै बुटवल टिमको खेलाडीहरु छनौटको जिम्मा दिईएको उहाले बताउनुभयो । म्याटमा खेलाईने खेल लिग कप नकआउट आधारमा हुने छ । 

    प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने समितिका सचिव पुनित पोखरेलले बताउनुभयो । यसैगरि उपविजेता टिमले नगद २५ हजार रुपैया, मेडल, प्रमाणपत्र, म्यान अफ द सिरिजलाई नगद ५ हजार रुपैया, उत्कृष्ट बलर, ब्याट्सम्यानलाई नगद २ हजार ५ सय रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ  ।

    प्रतियोगिताको उद्घाटन खेल आयोजक बुटवल र सैनामैनाका बिचमा हुने छ । फाईनल खेल भने २२ गते हुनेछ । ४ दिनसम्म चल्ने प्रतियोगितामा ६ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology