Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

एसिसी प्रिमियर कप : नेपालले कुवेतलाई दियो २८२ रनको लक्ष्य

एसिसी प्रिमियर कप : नेपालले कुवेतलाई दियो २८२ रनको लक्ष्य

  • 1.1K
    SHARES

  • एसिसी प्रिमियर कप : नेपालले कुवेतलाई दियो २८२ रनको लक्ष्य

    काठमाडाैँ,वैसाख १६ ।

    एसिसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलको खेलमा नेपालले कुवेतलाई २८२ रनको लक्ष्य दिएको छ।वर्षाले प्रभावित भएका कारण ४२ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २८१ रन जोड्यो।

    नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे। उनले ९४ रन जोडे। ९५ बल खेलेका रोहितले ७ चौका र ३ छक्का प्रहार गरे। कुशल मल्लले पनि अर्धशतक प्रहार गर्न सफल भए। कुशलले ४४ बलमा समान ४-४ चौका र छक्का हिर्काउँदै ५७ रन जोडे।

    ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे। दुईबीच १०.५ ओभरमा ७७ रनको साझेदारी भयो। भीम सार्की १ रनमा आउट भए भने आरिफ शेख १९ रनमा रनआउट भए। सन्दीप लामिछानले ५ रनमै आउट भए। करण केसी ६ बलमा ७ रन जोडेर आउट हुँदा सोमपाल कामीले नटआउट १३ रन र ललित राजवंशीले नटआउट २ रन जोडे।

    बलिङमा कुवेतका मोहमद अस्लाम र एडनान इड्रेसले ३-३ विकेट लिए।अर्को सेमिफाइनलमा मुलपानीमा ओमान र युएईबीच खेल भइरहेको छ। प्रतियोगिताको फाइनल आगामी सोमबार कीर्तिपुर मैदानमा हुनेछ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology