Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरीद्वारा आज पदभार ग्रहण

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरीद्वारा आज पदभार ग्रहण

  • 1.5K
    SHARES

  • लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री  चौधरीद्वारा आज पदभार ग्रहण

    बुटवल,वैशाख १५ ।

    लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पदभार ग्रहण गरेका छन् ।

    प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको सपथ लिएपछि उनले प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

    पदभार ग्रहणपछि मुख्यमन्त्री चौधरीले राजधानी कार्यान्वयनको जिम्मेवारी सरकारको काँधमा आएको बताए । उनले प्रदेशको स्थायित्व र विकासका लागि सरकारले प्राथमिकताका साथ काम गर्ने बताए ।

    “राजधानी घोषणादेखि कार्यान्वयनमा हामी सँगसँगै छौँ”, उनले भने, “हामी सहभागी अघिल्लो सरकारले राजधानी कार्यान्वयन र पूर्वाधार निर्माणको काम गरेको थियो । अहिले पनि निरन्तरता दिन्छौँ ।”

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology