Logo बिहिवार, आश्विन १ गते २०८३
images

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि अन्त्य

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि अन्त्य

  • 1.3K
    SHARES

  • संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि अन्त्य

    काठमाडौँ,वैशाख १५ ।

    संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरेका हुन् । 

    कार्यवाहक राष्ट्रपति यादवले जारी गरेको सूचनामा भनिएको छ, नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०-१-१२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राती १२ :०० बजेदेखि अन्त्य गरेको छु ।

    राष्ट्रिय सभामा १३ औं अधिवेशन अन्तर्गत यो हिउँदे अधिवेशनमा १९  बैठक बसेको छ भने प्रतिनिधि सभामा २८ बैठक बसेको छ । जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार त्यसअघि बजेट तयारीबारे संसदमा छलफल हुने गर्दछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology