बुटवल,बैसाख १३।
सुनौलो भविश्य कल्याणकारी संस्था बुटवलले बुटवलमा नि:शुल्क खाना अभियान शुरु गरेको छ । अभियानको आज एक समारोहका बिच शुभारम्भ गरिएको छ ।
आज पहिलो दिनमा नै करिब १ सय जनालाइ खाना खुवाइएको कार्यक्रम संयोजक निर्मल बिकले बताउनुभयो । कोही पनि भोको नरहोस् भन्ने उद्धेश्यले अभियानलाइ निरन्तरता दिइने सचिव हिमाल खड्काको भनाइ छ ।
अभियानलाइ बुटवलमा रहेका संघसस्थाले सहयोग गरिरहेका छन् । कोही भोकै भएमा खाना खान नपाएमा बुटवल ट्राफिकचोकमा जानपनि सुनौलो भविश्य कल्याणकारी संस्थाले आग्रह गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)