Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

डिलर मुल्यमै जुत्ता-चप्पल पाएपछि ग्राहकको पहिलो रोजाई बन्यो ‘नेपाली जुत्ता घर’

डिलर मुल्यमै जुत्ता-चप्पल पाएपछि ग्राहकको पहिलो रोजाई बन्यो ‘नेपाली जुत्ता घर’

  • 1.1K
    SHARES

  • डिलर मुल्यमै जुत्ता-चप्पल पाएपछि ग्राहकको पहिलो रोजाई बन्यो ‘नेपाली जुत्ता घर’

    बुटवल,बैसाख १३। 

    बुटवलको ‘नेपाली जुत्ता घर’मा सेवाग्राहीको चहलपहल बढ्दै गएको छ ।  अवलोकन तथा किनमेलका लागि आउने सेवाग्राहीका कारण जुत्ताघर रहेको डेल्टा मार्टको रौनकनै बदलिएको हो ।

    मिलनचोक स्थित मार्टको पहिलो तल्लामा नेपालका ९ प्रतिष्ठित फुट वेयर कम्पनीका उत्पादनहरु राखिएका छन् । जुत्ता घरमा बालबालिका, विद्यार्थी तथा युवाहरुको किनमेलका लागि भिड लाग्ने गरेको सञ्चालक उत्तम देवकोटाले बताए ।

    जुत्ताघर सञ्चालनको अवसरमा विशेष छुटकासाथ डिलर मुल्यमै जुत्ता चप्पल खरिद गर्न पाउने भएपछि ग्राहकको पहिलो रोजाई बन्दै गएको उनले बताए । नेपालका प्रमुख जुत्ता उद्योगहरु एकआसपमा प्रतिस्पर्धा नगरी सहकार्यको थालनीमा अगाडि बढाउँदै उनीहरुले सामूहिक बजार व्यवस्थापनको रणनीति अनुसार जुत्ता घर सञ्चालनमा ल्याएका हुन् ।

    पहिलो अभ्यासका रुपमा नेपाली उत्पादनलाई उपभोक्ता बीच सहज ढंगले पुर्याउन ९ यस्ता उद्योगले बुटवलमा एकै छानामुनि नेपाली जुत्ता घर संचालनमा ल्याएका हुन् ।

    स्वदेशी फुटवेयर उत्पादनका बारे उपभोक्ताहरुलाई एकै ठाउँबाट अवलोकन र जानकारी गराउने, स्वदेशी उत्पादनको प्रवर्द्धन र कम्पनीका आफ्नै रिटेल आउटलेट मार्फत उपभोक्तालाई जानकारी गराउँदै बाहिरी बजार समेत विस्तार गर्ने उद्देश्यकासाथ जुत्ता घरको अवधारणा ल्याइएको जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले बताए ।  उनका अनुसार नेपालका जुत्ता उद्योगहरुमा ३५ अर्ब बढी लगानी रहेको तथा ती उद्योगहरुमा ६५ हजार बढीले रोजगार प्राप्त गरिरहेका छन् ।

    जुत्ता घरमा स्कूल सुज, क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी वेयर लगाएतका जुत्ता चप्पलहरु उपलब्ध हुनुका साथै उद्योगहरुको आफ्नै आउटलेट मार्फत ५ हजार बढी मोडलका उत्पादनहरु उपलब्ध रहेको जुत्ता घरका सञ्चालक चोलाप्रसाद पाठकले जानकारी दिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology