Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेशमा १६८ (२) अनुसार सरकार गठनका लागि आह्वान,वैशाख १४ भित्रै सरकार बन्ने

लुम्बिनी प्रदेशमा १६८ (२) अनुसार सरकार गठनका लागि आह्वान,वैशाख १४ भित्रै सरकार बन्ने

  • 1.6K
    SHARES

  • लुम्बिनी प्रदेशमा १६८ (२) अनुसार सरकार गठनका लागि आह्वान,वैशाख १४ भित्रै सरकार बन्ने

    बुटवल, बैशाख १२  ।

    लुम्विनी प्रदेशमा बैसाख १४ गतेभित्रै नयाँ सरकार बन्ने भएको छ । आज  प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलले मंगलवार जारी गरेको विज्ञप्तिमा वैशाख १४ गते अपरान्ह ४ बजेभित्र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको उल्लेख छ ।

    संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको हो ।  

    लुम्विनीमा नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरी नेतृत्वको सरकारले प्रदेश सभाबाट सोमबार विश्वासको मत गुमाएको थियो । सोपछि मुख्यमन्त्री गिरी पदमुक्त हुनुभएको थियो ।

    प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि आह्वान गर्नु भएकाले लुम्विनी प्रदेशमा अब कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना छ । 

    मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले ५३ जना सांसदको हस्ताक्षरसहित एक महिनाअघि नै नयाँ सरकार गठनका लागि दावी गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology