Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

फ्लाई दुबईको एफजेड ५७६ जहाज गन्तब्यमै सकुशल अवतरण

फ्लाई दुबईको एफजेड ५७६ जहाज गन्तब्यमै सकुशल अवतरण

  • 1.0K
    SHARES

  • फ्लाई दुबईको एफजेड ५७६ जहाज गन्तब्यमै सकुशल अवतरण

    काठमाडाैँ,बैसाख १२ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सोमबार राति दुबईका लागि उडेको फ्लाई दुबईको जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।

    फ्लाइट राडारका अनुसार फ्लाई दुबईको एफजेड ५७६ जहाज स्थानीय समय १२:१० मा अवतरण भएको हो।

    उक्त जहाजमा काठमाडौंबाट उड्नेबित्तिकै समस्या आएको थियो।काठमाडौंको समयअनुसार ९ बजेर २० मिनेटमा उडेको जहाजमा आगोको झिल्का देखिएर पड्केको आवाज आएको थियो।

    फ्लाई दुबईले जहाजमा चरा ठोक्किएका कारण आगोको झिल्का देखिएको र ठूलो आवाज आएको बताएको दुबई मिडिया अफिसले जनाएको छ।समस्या समाधान भएपछि धार्केबाट पाइलटले जहाज गन्तव्यतर्फ लगेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology