Logo बिहिवार, आश्विन १ गते २०८३
images

२५६७ औं बुद्धजयन्ती : ‘लुम्बिनी सरसफाई अभियान’ शुरु

२५६७ औं बुद्धजयन्ती : ‘लुम्बिनी सरसफाई अभियान’ शुरु

  • 990
    SHARES

  • २५६७ औं बुद्धजयन्ती : ‘लुम्बिनी सरसफाई अभियान’ शुरु
    बुटवल,बैसाख १० ।

    २५६७ औं बुद्धजयन्तीको अवसर पारेर बुद्धजन्मस्थलमा ‘लुम्बिनी सरसफाई अभियान’ २०८० शुरु गरिएको छ । शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्र सहित ४ नम्बर र ५ नम्बर गेट वरपरको क्षेत्रमा सफाई गरेर अभियानको शुरुवात गरेको हो ।
     
    ‘ग्रिन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्धजन्मस्थललाई सफा र स्वच्छ राख्ने उदेश्यले अभियान शुरु गरिएको कोषका सदस्य सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । उनले अन्र्तराष्ट्रिय पर्यटकीय स्थललाई सफा राख्नका लागि कोषसँगै स्थानीयहरु समेत जागरुक हुनुपर्ने बताए ।
     
     कोषले  नियमित रुपमा सफाई गर्दै आएपनि ४ नम्बरदेखि ५ नम्बर गेटसम्म फाहोर चुनौतीपूर्ण बनेको छ । शनिबार कोषका पदाधिकारी र कर्मचारीहरु हातमा कुँचो बोकेर उक्त फोहोर डम्पिङ साईट जस्तै बनेको क्षेत्रमा सफाई गरेका छन ।
     
    यसअघि पटक–पटक होटल व्यवसायी र स्थानीयलाई फोहोर नफाल्न आग्रह गरिएपनि फोहोर थुप्रिन नछोडेपछि कोषले आफैले सरसफाई अभियान शुरु गर्दै लुम्बिनीलाई सफा राख्न सन्देश दिएको सदस्य सचिव शाक्यले बताए । ‘पवित्र स्थलमा फोहोर फाल्दा त्यसले राम्रो सन्देश दिंदैन’ सदस्य सचिव शाक्यले भने –‘फोहोर व्यवस्थापन गर्नुपर्छ, तर रातीमा लुकी लुकी कोषको कम्पाउण्डमा नफाल्न होटल व्यवसायीहरुलाई आग्रह गर्दछौं ।’ लुम्बिनीमा नियमित रुपमा नै सफाई अभियान चलिरहेको तर अभियानले सबैलाई सक्रिय बनाउने उनले बताए ।
     
    लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले ५ नम्बर गेट अगाडि फोहोरका बिषयमा पटक पटक छलफल भएपनि यसको दीगो व्यवस्थापन हुन नसक्दा समस्या देखिएको बताए । 
     
    सरफाई अभियानमा सदस्य सचिव शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राई, लेखा अधिकृत भिमबहादुर बस्नेत, प्रशासन अधिकृत चुरामणि भट्टराई सहित कोषका विभिन्न शाखामा कार्यरत कर्मचारीहरु खटिएका थिए । 
     
    साथै सरसफाईमा स्थानीय होटल व्यवसायी, आमा समूह, शसस्त्र प्रहरी र नेपाल प्रहरीको समेत सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology