Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोरोना संक्रमणवाट थप १ जनाको मृत्यु

कोरोना संक्रमणवाट थप १ जनाको मृत्यु

  • 993
    SHARES

  • कोरोना संक्रमणवाट थप १ जनाको मृत्यु

    काठमाडौँ,बैसाख ९ ।

    कोरोना संक्रमणवाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

    पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार १४८ नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२४ र एन्टीजेनबाट ९२४ नमुना परीक्षण गर्दा पीसीआरबाट २० र एन्टिजेनबाट ५८ को रिपोर्ट पोजिटिभ आएको हो।

    यस अवधिमा ५० जना संक्रमित निको भएका छन् भने सक्रिय कोरोना संक्रमितको संख्या ३८३ पुगेको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology