Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नहरपुर माविमा कक्षा १२ का विद्यार्थीलाई बिदाइ

नहरपुर माविमा कक्षा १२ का विद्यार्थीलाई बिदाइ

  • 891
    SHARES

  • नहरपुर माविमा कक्षा १२ का विद्यार्थीलाई बिदाइ

    बुटवल,बैसाख ८ ।

    बुटवल ११ मा रहेको नहरपुर माविमा कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाइ गरेका छन्। कक्षा ११ कि छात्रा कल्पना दर्जीको अध्यक्षतामा साे कार्यक्रम  भएको हो।

    कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा न ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री , विशिष्ट अतिथि राष्ट्रिय परीक्षा बोर्ड बुटवलका अधिकृत बाबुराम भण्डारी , विद्यालय व्यवस्थापन समिति अध्यक्ष डोर प्रसाद पोख्रेल , सदस्य यम बहादुर सुनार, विद्यालयका प्रधानाध्यापक धनिश्वर गौतम , साहायक प्रअ युवराज पन्थी , शिक्षक प्रतिनिधि बलराम न्यौपाने , आधारभूत सयोजक थिरलाल न्यौपाने , विद्यालयका शिक्षक कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा प्रमुख अतिथी वडाध्यक्ष रामचन्द्र क्षेत्री  , विशिष्ट अतिथी बाबुराम भण्डारी , विद्यालयका अध्यक्ष डोरप्रसाद पोख्रेल, प्रधानाध्यापक धनिश्वर गौतम , शिक्षक प्रतिनिधि बलराम न्यौपाने लगायतले विद्यार्थीहरुलाई शुभकामना प्रदान गर्नुभएको थियो ।

    उक्त अवसरमा शिक्षक सम्मान,  पुरस्कार वितरण , उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान एवम विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको थियो।  कक्षा ११ को छात्र सुदर्शन चन्दले स्वागत गरेको कार्यक्रमको संचालन विद्यार्थीहरु अनिशा विश्वकर्मा र अर्जुन विश्वकर्माले सयुक्त रुपमा संचालन गर्नुभएको कुरा विद्यालयका शिक्षक मनोज गौतमले जानकारी दिनुभयो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology