बुटवल,बैसाख ८ ।
बुटवलमा पीसल्याण्ड स्कुलको बसले स्कुटरलाइ ठक्कर दिँदा एकजना घाइते भएका छन् । दिउँसो साढे २ बजे लुम्बिनी प्रादेशिक हस्पिटल पछाडि लु १ क ५०७८ नं को बसले लु ८१ प २११ नं को स्कुटीलाई ठक्कर दिँदा अन्दाजी ६०-६५ का पुरुष घाइते भएका हुन् ।
घाइते बेदराज पोख्रेलको अवस्था सामान्य रहेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारपछि पोख्रेल घर फर्किएको पीसल्याण्ड स्कुलका प्राचार्य कुलानन्द पाण्डेले जानकारी दिए ।
सामान्य घटना भएको उनको भनाइ छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)