Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको पद हस्तान्तरण

रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको पद हस्तान्तरण

  • 1.5K
    SHARES

  • रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको पद हस्तान्तरण

    बुटवल,बैसाख ८ ।

    रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको २२ औ साधारण सभा तथा ११ औ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष राम प्रसाद गौतमले नवनिर्वाचित अध्यक्ष लेखनाथ भण्डारी तथा महासचिव माधव कुमार खनालले नवनिर्वाचित महासचिव अर्जुन थापालाई माइन्युड हस्तान्तरण गरि पद हस्तान्तरण  गरिएको हो ।

    कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादवले पर्यटनको मेरुदण्ड सेवामुलक उद्योग भएको बताउनु भयो । सरकारबाट पर्यटकिय क्षेत्रको संरक्षण, विकास र प्रवद्र्धनका कार्यक्रम चलाउने र त्यसमा टेवा दिने काम सेवा उद्योगीहरुको हातमा रहने बताउनु भयो । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे हरेक क्षेत्रको विकासका लागि सहमती, सहकार्य र एकता जरुरी रहेको भन्दै  पर्यटनको विकास र विस्तारका लागि कार्य योजना बनाएर अगाडी बढन आह्वान गर्नु भयो ।

    होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपाल,निवर्तमान अध्यक्ष हिराध्वज शाहले  पर्यटनको विकास विना मुलुकमा आर्थिक सम्वृद्धी हुनै नसकने धारणा राख्नु भयो ।उहाहरुले पर्यटन व्यवसायीले गरेको लगानीको सुरक्षाका लागि राज्य गम्भिर हुन पनि माग गर्नु भयो ।

    इलाका प्रहरी कार्यालयका प्रनाउ दान बहादुर थापा, पश्चिम नेपाल बस व्यवसायी प्राली अध्यक्ष दधीराम खरेल, संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष वाबुराम गौतमले सेवा उद्योगमार्फत प्रवर्द्घन गर्ने गरि नितिगत योजनामा जोड दिनुपर्ने सुझाव दिए ।

    संघमा अधिवेसनबाट अध्यक्ष लेखनाथ भण्डारीको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष माधव खनाल पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्ष टेक प्रसाद पराजुली, द्घितिय उपाध्यक्ष प्रेम प्रसाद भट्टराई, महासचिव अर्जुन थापा, कोषाध्यक्ष राम बहादुर न्यौपाने, सचिव थमन बहादुर भण्डारी, सहसचिव अर्जुन पोखरेल, सहकोषाध्यक्ष माधव ढकाल, सदस्य एक बहादुर गाहामगर, केशवराज पाण्डे, एकादेव पाण्डे, कमला पाण्डे, दामोदर पौडेल, धनकुमारी शर्मा, नारायण प्रसाद श्रेष्ठ बाबुराम अर्याल, सुन्दर कुमार श्रेष्ठ, मुरारी पाण्डे, सीता ढकाल निर्वाचित भएका छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology