Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

‘आजको सूर्य ग्रहण नेपालबाट देखिदैन र बार्नु पनि पर्दैन ’ : पञ्चाङ्ग निर्णायक विकास समिति

‘आजको सूर्य ग्रहण नेपालबाट देखिदैन र बार्नु पनि पर्दैन ’ : पञ्चाङ्ग निर्णायक विकास समिति

  • 1.4K
    SHARES

  • ‘आजको सूर्य ग्रहण नेपालबाट देखिदैन र बार्नु पनि पर्दैन ’ : पञ्चाङ्ग निर्णायक विकास समिति

    काठमाडौं,वैशाख ७ ।

    आज सूर्य ग्रहण लाग्दै छ । तर यो ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले भनेका छन्,- ‘वैशाख कृष्ण औंसीका दिन लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।’

    समितिका अनुसार अनुसार वैशाख ७ गतेको सूर्य ग्रहण चीन, मंगोलिया लगायत देशबाट देखिन्छ ।

    यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते सूर्य ग्रहण लाग्दै छ । तर यी तीनै पटकका ग्रहण नेपालबाट नदेखिने प्राध्यापक अधिकारीले बताए । कात्तिक ११ गते लाग्ने चन्द्र ग्रहण भने नेपालबाट देखिन्छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology