Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेविसंघको ५४ औँ स्थापना दिवस : आश्रममा शैक्षिक सामाग्री बितरण

नेविसंघको ५४ औँ स्थापना दिवस : आश्रममा शैक्षिक सामाग्री बितरण

  • 3.0K
    SHARES

  • नेविसंघको ५४ औँ स्थापना दिवस : आश्रममा शैक्षिक सामाग्री बितरण

    बुटवल,वैशाख ६ ।

    नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५४ औँ स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री बितरण गरिएको छ। बुधबार जिल्ला कार्यसमिति रुपन्देहीले बुटवल १५ मा रहेको लुम्बिनी अपाङ्ग दृष्टि बिहिन आश्रममा एक कार्यक्रम गर्दै पुस्तक बितरण गरेको जिल्ला अध्यक्ष शम्सेर खड्काले नागरिक अनलाइनलाई जानकारी दिए।

    कार्यक्रममा बोल्दै नेविसंघका सस्थापक अध्यक्ष खेमराज अर्यालले पछिल्लो समय रुपन्देहीमा नेविसंघले आफ्ना गतिविधि बढाएको बताउदै अझै कृयाशिलताको लागि आग्रह गरे। नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश रानाले युवाहरुमा भएको इक्षा शक्तिले देश परिवर्तन गर्न सकिने भन्दै कृयाशिलता बढाउन आग्रह गरे।nsu.jpeg

    कार्यक्रममा काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य राम बहादुर कार्की, दीर्घ बहादुर केसी, ई कुसुमराज  ज्ञवाली, हरिध्वज मल्ल,काङ्ग्रेस बुटवल १५ सभापति शेष नारायण उपाध्याय,बुटवल नगर सचिव छाया पोखरेल,बुटवल उपमहानगर १५ वडा अध्यक्ष शिव राना,यातायात मजदुर संघ केन्द्रिय सचिव चिरन पाण्डे, बुटवल उपमहानगरपालिका वडा नम्बर ४ अध्यक्ष नरिश्वर पौडेल लगायतले पुस्तक बितरण गरे । कार्यक्रममा १५ जना बालबालिकालाई अवश्यक पुस्तक बितरण गरिएको थियो।

    २०८० को क्यालेन्डर बिमाेचन :

    यसअघि नेविसंघले नयाँबर्ष २०८० को क्यालेन्डर बिमाेचन समेत गरिसकेको जिल्ला अध्यक्ष शम्सेर खड्काले नागरिक अनलाइनलाई जानकारी दिए ।nsu calender.jpgcalender.jpg calemr.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology