Logo बिहिवार, आश्विन १ गते २०८३
images

सुरक्षित गर्भपतन सेवा सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया तथा छलफल

सुरक्षित गर्भपतन सेवा सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया तथा छलफल

  • 1.1K
    SHARES

  • सुरक्षित गर्भपतन सेवा सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया तथा छलफल

    बुटवल,बैसाख ५ ।

    महिला कानून र विकास मञ्च (एफडब्लूएलडी) ले सोमबार बुटवलमा प्रजनन स्वास्थ्य अधिकार विशेष गरी सुरक्षित गर्भपतन सेवा सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको छ ।

    एफडब्लूएलडीले प्रदेशसभा सदस्य, कानून क्षेत्रका जानकार, चिकित्सक र सञ्चारकर्मीसँग आयोजित छलफलमा प्रजनन स्वास्थ्य अधिकारकाका विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा एफडब्लूएलडी नगेन्द्र बस्यालले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐनले धेरै कुरा स्पष्ट पारेको बताए ।

    उनले प्रजनन स्वास्थ्यअधिकार नेपालको संविधानले स्थापित मौलिक भएको बताउँदै सर्वोच्च अदालतको फैसलाद्धारा विकशित मान्यता र विधिशास्त्रको भाग भएको बताए ।

    त्यस्तै एफडब्लूएलडीका नविन कुमार श्रेष्ठले लुम्बिनी प्रदेशले प्रजनन स्वास्थ्य नीति बनाएको बताउँदै ऐन बनाउनुपर्नेमा जोड दिए । प्रजनन स्वास्थ्यमा आत्मनिर्णयको अधिकार रहेको बताउँदै श्रेष्ठले मानवीय मर्यादासहित  गोपनियताको अधिकार, आफ्नो  सन्तानको संख्या र जन्मान्तर निर्धारण गर्ने अधिकार प्रजनन स्वास्थ्य अधिकार ऐनले समेटेको बताए ।

    कार्यक्रममा आइपास नेपालकी माधवी बज्राचार्यले नेपालमा प्रतिवर्ष ३ लाख २३ हजार महिलाले गर्भपतन गराउने गरेको बताउँदै त्यसमा ५८ प्रतिशत असुरक्षित गर्भपतन गराउने गरेको तथ्याङबाट देखिएको बताइन ।

    बज्राचार्यले कानुनी रूपमा गर्भपतनलाई मान्यता दिइए पनि असुरक्षित गर्भपतन गराउनेको संख्या धेरै देखिएकोले महिलाको सुरक्षित गर्भपतनमा पहुँच वृद्धि गर्न सवैको सहयोग र सहकार्य आवश्यक रहेको बताइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology