Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

पछिल्लो २४ घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

  • 636
    SHARES

  • पछिल्लो २४ घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

    काठमाडौं,वैशाख ५ ।

    पछिल्लो २४ घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    सोही समयमा २२ सय ९२ जनाको कोरोना परीक्षण गर्दा १७१ जना सङ्क्रमित थपिएका छन् भने ८५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।देशभर ३९७ जना सक्रिय सङ्क्रमित भएका छन् जसमध्ये उपत्यकामा मात्रै २२ जना सङ्क्रमित संस्थागत आइसोलेसनमा रहेका छन् ।

    जसमध्ये आठ जना आइसियू र चार जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । सरकारले काभिड–१९ सङ्क्रमण भए तुरुन्त आइसोलेसनमा बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सूचना जारी गर्नुहुँदै कोरोना सङ्क्रमित भएमा लक्षण देखिए वा नदेखिए सात दिनसम्म आइसोलेसनमा बस्न आग्रह गर्नुभएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology