बुटवल,बैसाख ४।
लायन्स क्लब अफ बुटवल शान्तीदिपले बर्ष २०२३-२०२४का लागि महेश पन्थीको अध्यक्षतामा एक्काइस सदस्सिय नया कार्य समिती चयन गरेको छ ।
प्रथम उपाध्यक्षमा विशाल पन्थी , द्धितिय उपाध्यक्षमा खिमानन्द आचार्य र तृतीय उपाध्यक्षमा लक्ष्मी नारायण खनाल चयन गरेको छ । सचिवमा रामहरी भुसाल र कोषध्यक्षमा जालान्धर भुसाल लाई चयन गरेको छ ।
स्थापना भएको तेस्रो बर्ष प्रवेश गरेको शान्तिदिपले यस अवधिमा बृक्ष रोपण गर्नुका साथै बिभिन्न शिर्षकमा मानव सेवाको काम गरेको छ । अघिल्लो दुई कार्यकाल बाबुराम खनाल र चेत नारायण भण्डारिले नेतृत्व गरिसकेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)