Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा अजयमान श्रेष्ठ नियुक्त

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा अजयमान श्रेष्ठ नियुक्त

  • 1.1K
    SHARES

  • लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा अजयमान श्रेष्ठ नियुक्त

    बुटवल,बैसाख ३ ।

    लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा अजयमान श्रेष्ठ नियुक्त भएका छन् ।आइतबार बसेको लुम्बिनी प्रदेश  मन्त्रिपरिषद्को बैठकले बुटवल उपमहानगरपालिका–५ अमरपथ निवासी श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएपछि बुटवल श्रेष्ठले अस्पतालको कुशल व्यवस्थापनमा आफ्नो मुख्य ध्यान रहने बताए ।

    श्रेष्ठले रुपन्देही उद्योग संघको वरिष्ठ उपाध्यक्ष र महासचिव भएर काम गरिसकेका छन् । लुम्बिनी बाणिज्य क्याम्पस बुटवलको पूर्वप्राध्यापक रहेका श्रेष्ठ रेडक्रस र परिवार नियोजन संघमा आजीवन सदस्य रहेका छन् भने रोटरी क्लव अफ बुटवलका पूर्व अध्यक्ष समेत हुन् ।ajayman.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology