बुटवल,बैसाख ३ ।
पश्चिम नवलपरासीको रामग्राम १७ पट्खौलीमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज साझ साईकलमा गहुँको बोरा राखेर हिडिँरहेका रामग्राम १२ कुनुवार निवासी ६० वर्षिय गणेश प्रसाद हरिजनलाई ट्रिपरले ठक्कर दिदा मृत्यु भएको हो ।
ट्रिपरका चालक फरार रहेका छन् उनको खाेजी कार्य जारी राखिएको र ट्रिपर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)