बुटवल,बैसाख ३ ।
जापानमा रहेका बिजय कार्कीले जन्मदिनको अवसर पारेर मानब सेवा आश्रम बुटवलमा खाद्यान्न सहयोग गरेका छन् ।बिदेशमा रहेका कार्कीले सानो सहयोगबाट केहि राहत होस् भन्ने उद्धेश्यले जन्मदिनको अवसर पारि सहयोग गरेको नागरिक अनलाइनलाई जानकारी दिए ।
उनले मानब सेवाका आश्रममा रहेका गरिब दुखी अनाथ र असाहायहरुलाई केहि राहत मिलोस भन्ने उद्धेश्यले करिब १० हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरिएको बताए ।
कार्यक्रममा बोल्दै युवा समाजसेवी सिजन पौडेलले जन्मदिनको अवसरमा बिजयले बिदेश भएरपनि आफूमार्फत मानब सेवा आश्रममा सहयोग गर्ने अबसर प्रदान गरेकोमा धन्यबाद व्यक्त गरे ।
पाैडेलका अनुसार कार्कीले चामल, दाल, तेल, चना, चाउचाउ लगायतका सामग्री सहयोग गरेका हुन् । आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिनसमेत उनले आग्रह गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)