Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

बुटवल ११ नहरपुरमा सेभेन ए साइट खुल्ला फुटबल प्रतियोगिता शुरू,३५ टिम सहभागि

बुटवल ११ नहरपुरमा सेभेन ए साइट खुल्ला फुटबल प्रतियोगिता शुरू,३५ टिम सहभागि

  • 1.5K
    SHARES

  • बुटवल ११ नहरपुरमा सेभेन ए साइट खुल्ला फुटबल प्रतियोगिता शुरू,३५ टिम सहभागि

    बुटवल,बैसाख ३ ।

    माउन्ट स्टार युथ क्लव बुटवलको आयोजनामा बुटवल ११ मा प्रथम सेभेन ए साइट खुल्ला फुटबल प्रतियोगिता शुरू भएको छ । नवलपरासी र रूपन्देहीका गरि  ३५ टिमको सहभागिता रहेको  प्रतियोगिताको उद्घाटन खेलमा सेभेन स्टार युथ पदमपुर १-० ले बिजयी भएको  ।

    सेभेन स्टार युथ पदमपुरले मगर ब्वाइज चरंगेलाइ पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । दोस्रो खेलमा  सुनवल भेट्रान र गुडमर्निङ एफसि रातो बुटवल खेलेका थिए ।

    कार्यक्रम संयोजक बिनोद गौतम क्षेत्रीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि ज्ञानपुञ्ज बोर्डिङ स्कुलका प्राचार्य तोयाराम पौडेलले खेल जीवनको अभिन्न अंग जस्तै रहेको बताउनुभयो ।

    उहाँले माउन्ट स्टार युथ क्लवले युवाहरुलाइ खेलमा प्रोत्साहन गरिरहेको  बताउनुभयो ।  सो अबसरमा  बरिस्ठ  सल्लाहकार नकुल शाही,श्याम थापा लगायतले बोल्नुभएको थियो ।

    ९ गते सम्म चल्ने प्रतियोगितामा उपाधि बिजेताले नगद ५० हजार ,ट्रफि मेडल र प्रमाणपत्र तथा उपबिजेताले  नगद २५ हजार ,ट्रफि मेडल र प्रमाणपत्र पाउनेछन् ।खेलमा  बिधागत पुरस्कार सर्वोत्कृट,हाईस्ट स्कोररलाइ नगद २ हजार ५ सय दिइने छ ।gameeee.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology