बुटवल,वैशाख ३ ।
एक महिनाअघि करेन्ट लागेर घाइते भएका बुटवलका उद्योगी खेम श्रीस मगरको आज निधन भएको छ ।एक महिनाअघि नवलपरासीको बर्दघाटमा विद्युतीकरणको काम गर्दा करेन्ट लागेर गम्भीर घाइते भई काठमाडौंमा उपचाररत श्रीसको आइतबार बिहान मृत्यु भएको हो ।
नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सचिवालय सदस्य एवं महासंघ लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष श्रीस बुटवल औद्योगिक क्षेत्रको बुटवल इलेक्ट्रोनिक्स एण्ड ट्रान्सर्फमर उद्योगका सञ्चालक हुन् ।
श्रीसको मृत्युले बुटवलको औद्योगिक क्षेत्रलाई ठूलो क्षति पुगेको नेपाल उद्योग व्यापार महासंघका महासचिव खेम पराजुलीले बताए ।५७ वर्षीय श्रेष्ठ उद्योग व्यापार संघ बुटवलका पूर्वअध्यक्ष समेत हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)