Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी मणिमुकुन्द भलिवल क्लवलाई

प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी मणिमुकुन्द भलिवल क्लवलाई

  • 1.3K
    SHARES

  • प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी मणिमुकुन्द भलिवल क्लवलाई

    बविता खनाल पराजुली/देवदह,बैसाख २ ।

    रुपन्देहीको देवदहमा भएको प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी मणिमुकुन्द भलिवल क्लब तिलोत्तमाले जितेको छ ।

    चैत्र २९ गते देखि जारी खुला बी लेभल भलिबल प्रतियोगितामा शनिवार भएको खेलमा सह आयोजक क्लबलाई हराउँदै मणिमुकन्द क्लबले प्रथम स्थान हासिल गरेको हो ।

    उक्त प्रतियोगितामा लुम्बिनी प्रादेशिक प्रहरी तालिम केन्द्र बुटवल तृतिय भएको सह आयोजक  क्लबका अध्यक्ष अर्जुन सुनारले जानकारी दिनु भयो । देवदह १० का वडा अध्यक्ष यक बहादुर सुनारको अध्यक्षता तथा कार्यपालिका सदस्य कुमार परियारको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमको संचालन सुरेश राना र दिवस सुनारले गरेका थिए ।

    उक्त प्रतियोगितामा प्रथम हुनेले ४४ हजार ४४४ शिल्ड मेडल र प्रमाणपत्र,दोस्रो हुनेले ३० हजार ३३३  शिल्ड मेडल र प्रमाणपत्र तथा तृतिय हुने टिमले नगद १८ हजार २२२ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक हिम बहादुर सुनारले जानकारी दिनु भयो ।

    देवदह नगरपालिका वडा नं.१० को आर्थिक सहयोग रहेको उक्त कार्यक्रममा वडा सदस्यद्धय अमर लामिछाने, भविलाल थापा, रेनुका आले, कमला दर्जी,राष्ट्रिय कबड्डी खेलाडी महेन्द्र सुनार, मणिमुकुन्द भलिवल क्लबका प्रताप खवास लगायतको स्थानिय समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology