Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

दाङको घोराही–लमही सडकखण्डमा बस दुर्घटना,एक जनाको मृत्यु

दाङको घोराही–लमही सडकखण्डमा बस दुर्घटना,एक जनाको मृत्यु

  • 1.2K
    SHARES

  • दाङको घोराही–लमही सडकखण्डमा बस दुर्घटना,एक जनाको मृत्यु

    घोराही, वैशाख २ ।

    दाङको घोराही–लमही सडकखण्डमा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराहीबाट बुटवल जान लागेको मिनी बस घोराही उपमहानगरपालिका –३ मसोट खोलाको ओरालोमा ब्रेकफेल भएर भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

    बसमा सवार दाङको बंगलाचुली गाउँपालिका –६ लापे निवासी ३० वर्षीय यमी घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएकी घर्तीको उपचारका क्रममा लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो ।

    घोराहीबाट बुटवल जाँदैगरेको ना ४ ख ६९५० नम्बरको मिनी बस ब्रेकफेल हुँदा मसोटखोलाको नजिकै घुम्तीमा बस दुर्घटनामा परेको थियो । बसमा सवार मृतक घर्तीकी ५ वर्षीया छोरी आहाना घर्ती, प्युठान जिल्ला ऐरावती गाउँपालिका–२ निवासी सरस्वती आचार्य, लमही नगरपालिका–५ निवासी सुरज बस्नेत घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology