Logo बिहिवार, आश्विन १ गते २०८३
images

सियारी गाउँपालिकाका २५० घरधुरीलाई पुर्जा बितरण

सियारी गाउँपालिकाका २५० घरधुरीलाई पुर्जा बितरण

  • 1.4K
    SHARES

  • सियारी गाउँपालिकाका २५० घरधुरीलाई पुर्जा बितरण

    बुटवल,बैसाख २ ।

    रुपन्देहीको सियारी गाउँपालिकामा गाउँ व्लक अन्तर्गतका २ सय ५० घर धुरीलाई जग्गा धनी लाल पुर्जा बितरण गरिएको छ । 
    नापी कार्यालय रुपन्देहीको समन्वयमा सियारी गाउँपालिकाले बडा नम्बर २, ४ र ५ का २ सय ५० घर धुरीलाई पुर्जा बितरण गरिएको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।

    अध्यक्ष घिमिरे ५ गाउँ व्लकको २५० जग्गा धनी पुर्जा बितरण गरिएको बताउनु भयो । उहाँले लामो समयको पहल र मेहनत पछि सियारीबासीले जग्गा पुर्जा हस्तान्त्रण गर्न सकिएको बताउनु भयो । लामो समय देखि जोत भोग गरेका जग्गा धनीले पुर्जा नपाउदा कुनै पनि बैकिङ कारोववार गर्न नपाएका जग्गा धनीले अब आबश्यक परेको बेला बैकिङ कारोवार गरी आफ्नो काम अगाडि बढाउन सहज हुने बताउनु भयो ।

    २०२५ सालमा नापिमा छुटेका तर, शुरुको नापि हुदाँ देखि नै जोगभोग गरेपनि लालपुर्जा नपाएका नागरिकलाई जग्गा धनी पुर्जा बितरण गरिएको हो । रुपन्देहीमा १ हजार ८०० गाउँँव्लकको नापि भएको मध्ये १ हजार १५० गाउँव्लकको पुर्जा बितरण गर्न बाकि रहेको नापि कार्यालयका प्रमुख सुग्रिव यादवले जानकारी दिनुभयो ।

    उहाँले सियारीमा १ सय १५ गाउँव्लक मध्ये ३५ बटा व्लकको मात्र बितरण गर्न बाँकी रहेको बताउनु भयो । सियारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले सियारीमा १ सय १५ गाउँ व्लक मध्ये ३५ वटाको मात्र बितरण गर्न बाँकि रहेकाले बाकि रहेका गाउँ व्लकको पनि छिट्टै नै बितरण गर्ने गरी तयारी अगाडि बढाईएको बताउनुभयो ।  आफुहरु जग्गाको मालिम हुन पाउदाँ निकै खुसी भएको स्थानीयको भनाइ  छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology