Logo बिहिवार, आश्विन १ गते २०८३
images

वर्षमान पुनकी आमा तीर्थमालीमाथि गोली प्रहार,पीएसओ पक्राउ

वर्षमान पुनकी आमा तीर्थमालीमाथि गोली प्रहार,पीएसओ पक्राउ

  • 1.6K
    SHARES

  • वर्षमान पुनकी आमा तीर्थमालीमाथि गोली प्रहार,पीएसओ पक्राउ

    काठमाडौं, वैशाख २ ।

    काठमाडौंको गैरीधारामा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुन बस्ने घरमा गोली चलेको छ ।

    पुनको घरमा बसेको भीआईपी सुरक्षामा खटिएका प्रहरीका पीएसओले  शुक्रबार राति साढे ९ बजे गोली चलाउँदा पुनको आमा घाइते भएकी हुन्।उनलाई खुट्टामा गोली लागेको थियो ।

    उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।गोली चलाउने पीएसओलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पुनको  घरमा  प्रहरीको  भीआईपी सुरक्षाको टोली खटिएको थियो । 

    नेपाल प्रहरीका प्रवक्ता एसएसपी दीपेन्द्र जिसीका अनुसार गोली नियतवश नभई अञ्जनमा पड्किएको जानकारी दिनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology