Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

ओझेलमा धातिवाङ्गको ‘रहस्यमय’ सिद्धेश्वर गुफा

ओझेलमा धातिवाङ्गको ‘रहस्यमय’ सिद्धेश्वर गुफा

  • 1.6K
    SHARES

  • ओझेलमा धातिवाङ्गको ‘रहस्यमय’ सिद्धेश्वर गुफा

    प्रेमनारायण आचार्य/अर्घाखाँची,वैशाख २।

    पाणिनी गाउँपालिका–६ धातिवाङ्गको ढुङढुङ्गेमा विभिन्न आकृतिमा रहेको रहस्यमय गुफा  प्रचारप्रसार नहुदा ओझेलमा परेको छ ।गुफाभित्र शिवलिंग, पार्वती, गणेश, हात्तीको सुँड र नागका आकृति भएका मूर्ति छन्  तर यश ठाउँको प्रचारप्रसार  नहुँदा  आन्तरिक तथा बाह्य पर्यटक पुग्न सकेका छैनन्।

    परापुर्वकालदेखी उक्त ठाउँमा गुफा रहेपनि २०६८ सालदेखी गुफामा आउँन जान लागिएको स्थानीय भोजराज पौडेलले
     बताउनुभयो । गुफाको नाम ‘शिद्धेश्वर गुफा’ नामकरण गरिएको हो ।

    ढुङढुङ्गे जंगलमा गुफा छ, भन्ने हल्ला पछि जंगलमा पुगेर तत्कालिन समयमा खोजी गरी गुफा भेट्टीएको हो । खेतमा तथा जंगलमा घासँ काट्न जादाँ ओडार छ, भनेर डराउँने गरेको स्थानिय बताउँछन् । स्थानीयले त्यहाँ रहस्यमय गुफा रहेको थाहा पाएपछि हरेक नयाँ वर्षको पहिलो दिन रुद्रीपुजा तथा भजनकृतन गर्ने  गरेका छन् ।ghfaaa.jpeg

    प्रचारप्रसारका लागी चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश ग्रामिण तथा शहरी विकास मन्त्रालयबाट ५ लाख रुपैँया विनियोजन भई गुफाको प्रवेशद्धार सँगै आधारभुत संरचना बनाएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनु भयो ।’

    गुफाको प्रचारप्रसार र गुफाको विस्तृत अध्ययन भने हुन सकेको छैन । ‘गुफाको करिब ४५ मिटर भित्रसम्म मानिसहरु पस्ने गर्छन, ‘त्योभन्दा भित्र पनि गुफा छ, भएपनि कति लामो छ भन्ने एकिन गर्न सकिएको छैन ।’ गुफाभित्र अँध्यारो छ । बत्ती बालेर मात्रै पस्न सकिन्छ, स्थानिय शिक्षक हिमलाल पौडेलले बताउनुभयो।

    कुनै भागमा फराकिलो तथा कुनैमा साँघुरो भएकाले भित्र पस्न गाहृो छ, गुफाभित्र रहेका विभिन्न किसीमका मुर्तिबाट पानीका थोपाहरु खसेको दृश्य देख्न पाइन्छ । गुफाभित्र पस्ने ठाउँ साँघुरो रहे पनि भित्र फराकिलो छ । ‘गुफाको प्रचार गर्न सके आन्तरिक पर्यटक बढाउन सकिन्छ, स्थानिय शिक्षक हिमलाल पौडेलको भनाइ छ । नयाँ वर्षको अवसरमा रुद्री पुजा, भजनकृतन गरिएको छ ।
    गुफाको ऐतिहासिक महत्वबारे सबै अनविज्ञ छन् । गुफाको अध्ययन, अनुसन्धान गरी दर्ता गरेर व्यापक प्रचारप्रसार गर्ने तयारी रहेको छ ।गुफाको संरक्षण तथा प्रचारका लागि स्थानीयवासी पनि सक्रिय हुन थालेका छन । गुफाको ऐतिहासिक, धार्मिक, पर्यटकीय महत्व रहेकाले यसको प्रचारप्रसार, संरक्षण, संवद्र्धनमा आफू लागि पर्नेमा वडाका जनप्रतिनिधी बताउँछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology